सानेपामा सुरु भयो सर्वदलिय वैठक

सानेपामा सुरु भयो सर्वदलिय वैठक

६ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकको सानेपामा सुरु भएको छ ।

नयाँ बानेश्‍वरमा आफूनिकट नेताहरुसँग छलफल गरेर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पनि सानेपा पुगेका छन । त्यसैगरी नेताहरु वर्षमान पुन, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सानेपा पुगिसकेका छन । कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने बैठकमा जनता समाजवादी पार्टीका नेताहरु आउने क्रममा रहेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो । कांग्रेस सभापति शेरबहादुर देउवा बोलाएको उक्त बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध रणनीति बनाइने बताइएको छ । हिजो आइतबार नै कांग्रेस नेकपाका नेताहरु र जनता समाजवादी पार्टीका नेताहरुले छलफल गरेर संसद विघटनविरुद्ध संयुक्त विरोध कार्यक्रम तयार पार्ने निर्णय गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.