×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

कसरी बाँचिरहेछन् सहरका गरिब ?

१८ पुष २०७७

काठमाडौँ : इनबहालका ८० वर्षीय हरिगोविन्द खड्गी जसोतसो कमाएर छाक टारुँला भन्ने आसले ज्याठाका गल्लीमा दैनिक चक्कर काट्छन् । भन्छन्, ‘बूढो मान्छे भनेर कसैले कामै दिँदैनन् । कमाइ छैन, कोठामा खानेकुरा छैन, बहाल पनि तिर्न सकेको छैन ।’

हरिगोविन्द काठमाडौंको सहरका रैथाने हुन् । उनी ६ वर्षअघिसम्म टेम्पो चलाएर गुजारा गर्थे । अचेल घरको सिँढी चढ्दा पनि सास फुल्छ । बल पर्ने काम गर्न सक्दैनन् । ‘भोको पेटले यो पीडा बुझ्दो रहेनछ । कतै काम छ भने मलाई भन्नुहोला है, साह्रै दुःख भयो,’ उनी रोकिएनन्, ‘खानै छैन, छोराछोरीले हेर्न छाडे, अब टेम्पो चलाउन र भारी बोक्न सक्दिनँ । टेबल–कुर्सी पुछ्ने, कुचो लगाउने काम पाए गर्न सक्छु ।’

Advertisement
Advertisement

काठमाडौं महानगरपालिकाको वार्षिक बजेट १३ अर्बभन्दा बढी छ । महानगरपालिकाकै २७ नम्बर वडाका बासिन्दा खड्गीको यो पीडा समृद्धिको मानक ठानिएको काठमाडौंलाई थाहा छैन । वडाका जनप्रतिनिधि हरिगोविन्दको बुढेसकालको हरिबिजोगबारे बेखबर छन् । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी भन्छिन्, ‘सधैं स्थानीय सरकारलाई दोष दिएर मात्र भएन नि । उपत्यकामा बसेको मान्छे अरूभन्दा जान्नेबुझ्ने नै हुन्छन्, उनीहरू आफैं जागरुक हुनुपर्‍यो ।’

त्यसो त काठमाडौं महानगरका प्रवक्ता तथा वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोल ‘खान पाइनँ, काम पाइनँ भन्नेका लागि महानगरले हप्ताको दुई दिन काम दिने’ दाबी गर्छन् । उनी भन्छन्, ‘आफ्नो खुबीअनुसार ज्यालामा काम पाइन्छ, जनप्रतिनिधिसँग, सीधै महानगरमा वा पत्रकारमार्फत कामका लागि नाम टिपाउनुपर्‍यो, हामी सहयोग गर्छौं ।’

काठमाडौंको जस्तो अवस्थामा बाँच्नेहरू ललितपुर र भक्तपुरमा पनि भेटिन्छन् । ललितपुरको इमाडोल बस्ने ५१ वर्षीय दीपेन्द्र शाक्यका दुवै हातखुट्टा चल्दैनन् । उनको बोली पनि प्रस्ट छैन । जन्मजात शारीरिक अपांगता भएका उनलाई खाना खुवाउन र दिसापिसाब गराउन सहयोगी चाहिन्छ । सम्पत्तिका नाममा करिब एक आना जग्गामा बनेको एक कोठाको एकतले घर थियो । २०७२ सालको भूकम्पले भत्कियो । त्यसयता ७४ वर्षीया आमा र उनी इमाडोलमा एउटा कोठा भाडामा लिएर बस्छन् ।

शाक्यको स्थायी ठेगानाचाहिँ भक्तपुर नगरपालिका–९ कमलविनायक दत्तात्रय मन्दिर नजिकै हो । तर, भक्तपुरकै रैथाने भएर पनि शाक्यको बेहालले ‘सहरको समृद्धि’ लाई चुनौती दिएको छ । आफ्नै हेरचाह गर्न सहयोगी चाहिने उमेरकी वृद्धा आमाले शाक्यलाई सम्हाल्नुपरेको छ । ‘मलाई स्याहार गर्ने सहयोगी आवश्यक छ, आफैंले सहयोगी राख्न सक्ने स्थिति छैन,’ शाक्य भन्छन्, ‘स्थानीय सरकारले मेरो दुःखलाई हेरोस् ।’

४४ वर्षीय सलिम खान पाटनको कृष्ण मन्दिर नजिक फुटपाथमा चुरा–पोते बेचिरहेका हुन्छन् । बिहानदेखि साँझसम्म ग्राहक कुर्छन् । कमाइले छाक टार्न र चार जना छोराछोरी पढाउन हम्मे छ । उनी ललितपुर महानगरपालिका–१६ मंगलबजारमा बस्छन् । तर त्यहाँ उनको घर छैन । भाडाको कोठामा बस्छन् । छोराछोरीको पढाइ खर्च बर्सेनि बढ्दै गएको छ । ‘सटर भएको कोठामा पसल राख्दा भाडा तिर्न सकिँदैन,’ उनले भने, ‘त्यसैले आयस्रोत भनेकै फुटपाथको व्यापार हो ।’

परिवार पाल्न–खानको सकस र महानगरका योजना मेल खाँदैनन् । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लक्षित वर्ग, सीमान्तकृत तथा गरिबको सकसमा आफूले ध्यान पुर्‍याउन नसकेको स्वीकार गर्छन् । ‘सहरका खानलाउन नपुग्नेका लागि यो यो गरें भन्न त गाह्रो छ, अलिअलि तालिमचाहिँ चलाएका छौं,’ उनले भने । आउँदा दिनमा सहरका सीमान्तकृतका लागि आधारभूत आवश्यकता सम्बोधन गर्न आर्थिक व्यवस्थापनको प्याकेज ल्याउने योजना उनले सुनाए ।

रैथाने सीमान्तकृतको बस्ती नै छ काठमाडौंको तिलगंगा छेउमा । काठमाडौं महानगरपालिका–८ को देउला टोलका २६ वर्षीय अविनाश देउला त्रिभुवन विमानस्थलको हवाई भन्सार अड्डा (कार्गो) मा सामान ओसारपसार गर्छन् । त्यो कामबाट उनको मासिक १० हजार जति कमाइ हुन्छ । त्यसले पाँच जनाको परिवारको खर्च धान्न गाह्रो छ । सम्पत्तिको नाउँमा उनको एउटा सानो घरबाहेक केही छैन । त्यो घर पनि दाजुको परिवारलाई नपुगेर उनी अन्यत्रै डेरा गरेर बसेका छन् । अविनाश कार्गोभन्दा राम्रो कमाइ हुने काम गर्न चाहन्छन् । भन्छन्, ‘सधैं यही काम गरेर खान पुग्दैन । काम नभएकाले लकडाउनका बेला खान नपुगेर राहत थापेर खानुपर्‍यो ।’

आफैं केही व्यवसाय गर्न चाहने अविनाशलाई स्थानीय जनप्रतिनिधिले सघाउन सक्छन् । तर, उनका समस्या र जनप्रतिनिधिका योजना बीच अझै जम्काभेट भएको छैन । अविनाशकै टोलका वडासदस्य शेखर देउला भन्छन्, ‘टोलको समस्या लिएर वडाध्यक्षकहाँ गयो, कुरै सुन्ने होइन । वडाध्यक्ष, मेयर, उपमेयर मिल्छन् अनि वडाध्यक्ष सदस्यको बोल्ने अधिकार छैन भन्छन् । हामी त राजनीतिक दलको भोट बटुल्नेमा मात्र सीमित भयौं ।’

कलंकीको सुनार गाउँको अर्को कथा हेरौं । सुनार गाउँकी ४४ वर्षीया गंगा रिसाल आयआर्जनको काम गर्न चाहन्छिन् । गत वर्ष वडा कार्यालय पुगेर ‘आफूले गर्न सक्ने कामका लागि अनुदान देऊ, सीपमूलक तालिम देऊ’ समेत भनिन् । वडाका जनप्रतिनिधिले साबुनको झोला, धूप/अगरबत्ती बनाउने तालिम दिन घर–घरमा मान्छे बटुल्न आउँछौं भनेर आश्वासन दिए । वर्ष बित्यो तर तालिम भएन । ‘वडाबाट तालिम र काम पाइएन, सासूको मृत्यु दर्ता गर्नसमेत दुःख पाएँ,’ उनले भनिन् । २०७६ फागुनमा उनकी सासूको निधन भएको थियो । पाँच महिना धाएपछि मात्रै मृत्यु दर्ता प्रमाणपत्र पाएको गंगाको भनाइ छ ।

कलंकी चोकदेखि गणेशमान सिंह पथ हुँदै चार सय मिटर अगाडि बढेपछि कलंकीमाई मन्दिर पुगिन्छ । त्यहाँबाट कच्ची, साँघुरो गल्लीबाट पाँच सय मिटरभित्र छिरेपछि कलंकी सुनार गाउँ आउँछ । त्यो गाउँ काठमाडौंका सुनार (विश्वकर्मा) हरूको रैथाने टोल हो । काठमाडौं महानगरपालिका–१४ की दलित महिला वडासदस्य उर्मिला सेन्चुरीका अनुसार सुनार गाउँमा करिब डेढ सय दलित परिवार छन् । तीमध्ये अधिकांशको आर्थिक स्थिति गंगाको जस्तै छ ।

काठमाडौं महानगरमा २०७४ मा जनप्रतिनिधि चुनिएपछि सुनार गाउँका सीमान्तकृतका समस्या सम्बोधन हुने अपेक्षा थियो, तर ती अपेक्षा पूरा नभएको वडा सदस्य सेन्चुरीको गुनासो छ । ‘दिदीबहिनी रोजगारी चाहियो, तालिम चाहियो, अनुदान चाहियो भनेर गुनासो गरिरहन्छन्,’ उनी भन्छिन्, ‘मैले वडाध्यक्षलाई भन्दा गरौंला–गरौंला भन्छन् तर कहिल्यै गर्दैनन् ।’

Advertisement

गुह्येश्वरीकी ६५ वर्षीया कान्छी खड्गी उच्च रक्तचापकी बिरामी हुन् । औषधि उपचार गर्न मासिक निकै खर्च छ । नियमित आय स्रोत नभएकाले औषधि किनेर खानै गाह्रो परेको छ । ‘प्रेसरको औषधि नखाई हुँदैन, किन्न पैसा हुँदैन, अरू वडाले औषधि किन्न पैसा दिन्छ भन्ने सुनेकाले वडा सदस्यलाई भनें । तर, केही भएन,’ कान्छी भन्छिन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top