×

NEPAL TIMES UPDATES

Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026

भूकम्पपीडित भन्छन्– सरकार घर कसरी बनाउनु

१६ जेष्ठ २०७५

भक्तपुर,  जेठ १६
“सरकार मेरो घर भूकम्पले भत्कायो, भत्किएकै ठाउँमा घर बनाउन खोज्दैछु, तर भूकम्पपीडितबाटै मेरो नाम नै काटिएछ, गुनासो फाराम भर्दा पनि सम्बोधन भएन, मैले कसरी घर बनाउनु ?”

सूर्यविनायक नगरपालिका–४ दधिकोटमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज भूकम्पपीडितका लागि आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै शिकारीटारका जुलुम कपालीले यस्तो गुनासो गरे ।

Advertisement

प्रधानमन्त्रीले समस्या परेका भूकम्पपीडितले घर भत्किएकै ठाउँमा घर बनाउन पाइन्छ भन्नुभएको बताउँदै उनले घर भत्किएकै ठाउँमा घर बनाउन खोज्दा पनि नक्सापास नभएकाले घर बनाउन नपाएको गुनासो गरे ।

लालपूर्जा नभएका यहाँका १५÷२० वटा वास्तविक भूकम्पपीडितका परिवारले घर बनाउनै नपाएको भन्दै समस्या सम्बोधन गर्न उनले आग्रह गरे ।

कार्यक्रममा स्थानीय भूकम्पपीडित देवराज कपाली र ईन्द्रबहादुर कपालीले सरकारले दिएको रु ५० हजारले घर भत्काउन पनि नपुगेको भन्दै तेस्रो किस्तासम्मको अनुदान रकम एकैपटक उपलब्ध गराउन आग्रह गरे ।

सरकारले भने अनुसार बैंकहरुले सहुलियत ऋण दिन नमानेको भन्दै पीडितले सहुलियत ऋण उपलब्ध गराइदिन माग गरेका छन् । कतिपय भूकम्पपीडितले स्थानीय तहले नक्सापास नगरिदिँदा घर बनाउन नपाएको र दोस्रो किस्ता लिन नपाएको गुनासो गरेका छन् ।

स्थानीयवासी ममता राउतले सरकारले पहिलो किस्ता लिएका तर घर बनाउन नसकेका भूकम्पपीडितसँग पहिलो किस्ताको रु ५० हजार फिर्ता लिने नियम बनाएकोमा आपत्ति जनाउँदै घर बनाउन नसक्ने भूकम्पपीडितले रु ५० हजार फिर्ता गर्न नसक्ने बताए ।

दधिकोट गाम्चाका गोपाल खड्काले जग्गाको क्षेत्रफल नमिलेको भन्दै नगरपालिकाले नक्सापास नगरिँददा सरकारको अनुदान पाउन नसकेको भन्दै नक्सापासमा सहजीकरण गरिदिन माग गरे ।

स्थानीय सुमित्रा रिसालले सरकारले सानो घर आफैँले बनाइदिन माग गरे । त्यस्तै ७० वर्षका धनबहादुर श्रेष्ठले मोही तल्छिन, भएको जग्गा मात्रै रहेकाले नक्सापास नहुँदा अनुदान लिन नसकेको बताए ।

स्थानीयवासी पुनम कपालीले पहिलो किस्ताको रु ५० हजार पनि पाएको तर लालपूर्जा नभएको भन्दै स्थानीय तहले सिफारिस नगर्दा दोस्रो किस्ता पाउनबाट वञ्चित रहेको बताए। लालपूर्जा नभएका स्ववासी भूकम्पपीडितलाई अनुदान दिन पनि उनले माग गरे।

कार्यक्रममा सहभागी अधिकांश भूकम्पपीडितले धनी र दुईवटा घर भएकाले तेस्रो किस्तासम्म लिएको तर गरिब र घर नभएका पीडितले पहिलो किस्ता समेत लिन वञ्चित भएको गुणासो गरें ।

सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सरकारले सबै भूकम्पपीडितको सम्बोधन गर्ने भनेको बताउँदै भूकम्पपीडितको सम्बोधन नभए आफ्नै नेतृत्वमा पीडितसँग पुनःनिर्माण प्राधिकरणमा धर्ना बस्न जान तयार रहेको बताए ।

वडा नं ४ का वडा अध्यक्ष उत्तम थापाले सरकारले निर्धारण गरेको नियमभित्र बाँधिएर बस्नुपर्ने र काम गर्नुपर्ने भएकाले त्यही नियमभित्र रहेर काम गर्नुपर्ने भएकाले समस्या भएको बताए ।

Advertisement

मानवअधिकार सञ्जाल भक्तपुरका अध्यक्ष रोशनराज अर्यालले भूकम्पपीडितको समस्या समाधानका लागि आफूहरुले पहल गर्ने बताए ।
रासस

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top