कोटेश्वरमा पेस्तोल देखाएर लुटपाटको प्रयास

कोटेश्वरमा पेस्तोल देखाएर लुटपाटको प्रयास

१९ पुस, काठमाडौं ।
काठमाडौंको कोटेश्वरमा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ ।

आइतबार बिहान एक व्यक्तिले पेस्तोल देखाएर सडकमा उभिएका सिन्धुपाल्चोकका युवराज लामाको मोबाइल थुतेका हुन् ।

तर, आफूले प्रतिवाद गरी मोबाइल खोसेपछि पेस्तोल छोडेर ती व्यक्ति भागेका २५ वर्षीय लामाले प्रहरीलाई बताएका छन् । यद्यपि, घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

लामालाई सोधपुछका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.