प्रचण्ड-नेपालप्रति ओलीको कटाक्ष : सहिद भएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो

१९ पुस, काठमाडाैँ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सहयोद्धा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायतलाई सहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो भन्दै अराजनीतिक टिप्पणी गरेका छन् ।

आइतबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई कार्की ब्यांक्वेटमा सम्बोधन गर्दै यस्ताे बताएका हुन् । उनले भने, तपाईंहरु सहिद भएर गएको भए श्रद्धाञ्जली दिन हुन्थ्यो । तपाईंहरु सहिद त होइन । अब तपाईंहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने आवश्यक छैन । खाली तपाईंहरुले धुलो उडाउनुहुन्छ, त्यसमा हामीले पानी छर्किनुपर्छ, त्यत्ति हो ।

Advertisement

ओलीले प्रचण्ड-नेपाल समूह पार्टीको बैठकमा नआएर माइतीघरमा ‘हामी यहाँ छौं’ भन्दै गएको भनेर व्यंग्य गरे। उनले पार्टीमा फर्किन र पुराना गल्ती नहोहोर्‍याउन आग्रह गरे।

प्रचण्ड-नेपाल पक्षले उडाउने धुलोलाई आफूले सफा गर्नुपर्ने बताए। ‘तपाईंहरुले दुर्गन्ध फैलाउनुहुन्छ, हामीले अत्तर छर्किनुपर्छ। तपाईंहरुले अनेक फोहर मैलाहरुको डंगुर फैलाउनुहुन्छ। छर्किनुहुन्छ। हामीले त्यसलाई सफा गर्नुपर्छ’, उनले थपे।

Advertisement

ओलीले प्रचण्ड–माधव समूहमा लागेका नेताहरुलाई पार्टीमा आउन आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top