भारतले कोरोना खोप केही महिनासम्म निर्यात नगर्ने, नेपाललाई समस्या हुन सक्ने

२० पुस, एजेन्सी ।
भारतले कोरोना भाइरसविरूद्धको खोप केही महिनासम्म निर्यात नगर्ने भएको छ।

अक्सफोर्ड र अष्ट्राजेन्काले बनाएको खोप उत्पादन गर्ने अनुमति पाएको सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुखले अझै केही महिना खोप भारतबाहिर नपठाउने बताएका छन्।

सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो। उसले गरिब मुलुकका लागि १ अर्ब डोज खोप उत्पादन गर्ने सम्झौता गरेको छ। समाचार संस्था एपीसँग कुरा गर्दै सेरमका सिइओ आदर पुनावालाले भारत सरकारले तत्काल खोप बाहिरी मुलुकमा नपठाउने सर्त आइतबार खोपलाई अनुमति स्वीकृति दिएको बताए।

उनका अनुसार सेरमले खोप तत्काल निजी बजारलाई पनि बेच्ने छैन। अहिले हामी भारत सरकारलाई मात्र खोप उपलब्ध गराउन सक्छौं,’ उनले भने। भारत सरकारको यस्तो निर्णयले गरिब मुलुकहरूलाई खोप दिलाउने विश्व स्वास्थ्य संगठनको कार्यक्रम कोभ्याक्सलाई असर पर्ने भएको छ।

नेपालले खोप लगाउन आवश्यक जनसंख्याको २० प्रतिशतलाई पुग्ने गरी कोभ्याक्सबाट खोप ल्याउने तयारी गरिरहेको छ। कोभ्याक्सबाट खोप दिन मार्च–अप्रिल नभई सुरू हुँदैन,’ पुनावालाले भने।

सेरमले भारत सरकारलाई प्रति डोज २०० भारूका दरले १० करोड डोज खोप दिन लागेको छ। यसअघि भारतले आइतबार कोरोनाविरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।

सिरम इन्स्चिट्युड अफ इन्डियाको कोभिसिल्ड र भारत बायोटेकको कोभ्याक्सिन खोपलाई अनुमति दिएको हो। सिरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो।

गत सातामात्र बेलायतले पनि सोही खोपलाई आम प्रयोगका लागि अनुमति दिएको थियो। केही समयअघि सार्वजनिक भएका विवरणहरूले कोरोनाविरूद्ध यो खोपको प्रभावकारिता ७०.४ प्रतिशत रहेको बताएका थिए।

कोरोनाविरुद्धको खोपमा छिमेकी भारतको भरमा रहेको नेपाललाई भारतले निर्यातमा प्रतिवन्द्ध लगाएपछि कोरोना खोप प्राप्त गर्न कठिन देखिएको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top