प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई भोलिदेखि निरन्तर हुने

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई भोलिदेखि निरन्तर हुने

२१ पुस, काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनवाई संवैधानिक इजलासमा भोलिदेखि निरन्तर हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको गत पुस १० गतेको संवैधानिक इजलासले भोलि २२ गतेदेखि निरन्तर सुनुवाईको मिति तोक्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले यही पुस १९ गतेसम्म प्रतिनिधिसभा विघटन गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुखलाई लिखित जवाफ पेश गर्न आदेश दिए अनुसार लिखित जवाफ पेश भइसकेकोे छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाई गर्दै इजलासले नेपाल बार एशोसिएसन, सर्वोच्च अदालत बार एशोसिएसन र अधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरु मध्येबाट अदातलतको सहयोगी (एमिकस क्युरी) माग गरेकोमा सबै नाम सिफारिस भइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.