×

NEPAL TIMES UPDATES

Playing
देशभर मौसम बिग्रिँदै,११९ किमि प्रतिघण्टासम्म हुरी चल्ने चे ताव नी|| Nepal Times
Mar 20, 2026
Playing
१६ अमेरिकी सैन्य विमान ध्व*स्त, होर्मुजबाट फर्किए अमेरिकी यु*द्धपोत|| Nepal Times
Mar 20, 2026
Playing
शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था|| Nepal Times
Mar 20, 2026
Playing
चैत १३ गते Balen प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री|| Nepal Times
Mar 20, 2026
Playing
खुंखार बन्यो इरान, तेल पूर्वाधार उडायो, रक्षात्मक बने ट्रम्प || Nepal Times
Mar 19, 2026
Playing
इरान, टर्कीएपछि अब ताइवान पनि ड्रोन सेनाको सुपर पावर|| Nepal Times
Mar 19, 2026
Playing
सरकार निर्माण र सांसदहरूलाई शपथको बाटो खुल्यो, सर्वदलीय बैठकमा के भयो ? || Nepal Times
Mar 19, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-05-2082 || Nepal Times
Mar 19, 2026
Playing
जेनजी प्रतिवेदन थन्कियो, प्रश्न उठ्यो :सुशीला सरकार किन डरायो ? || Nepal Times
Mar 19, 2026
Playing
रविको मुद्दाको सुनुवाइ सकियो, आदेश अड्कियो, संशोधनको निर्देशन पेस गर्नुपर्ने || Nepal Times
Mar 19, 2026

के कार्यकाल सकिनुअघि नै ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउन सकिन्छ ?

२३ पुष २०७७

२३ पुस, रोयटर्स ।
अमेरिकी संसद् भवनबाहिर राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले हिंसा भड्काएपछि केही सांसदले जनवरी २० भन्दा अघि नै राष्ट्रपति ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउनुपर्ने बताएका छन् ।

जनवरी २० मा जो बाइडेनले अमेरिकी राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दैछन् । तर राष्ट्रपति ट्रम्पले हिंसाका लागि उक्साएको आरोप लगाउँदै केही सांसदहरुले भने उनलाई जनवरी २० अघि नै राष्ट्रपति भवनबाट हटाउनुपर्ने बताएका हुन् ।

Advertisement

ट्रम्पले पटक पटक चुनावमा धाँधली भएको भन्दै आधारहीन आरोप लगाउँदै आएका छन् । उनले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न आनाकानी मात्रै होइन, भीडलाई क्यापिटल हिल्स अगाडि जम्मा हुन पनि उक्साएका थिए ।

त्यसको केही समयपछि उनका समर्थकहरु संसद् भवन अगाडि हिंसात्मक प्रदर्शनमा उत्रिएका हुन् । उनले चुनावी नतिजा आफूहरुबाट चोरिएको गलत दाबी गर्दै आएका छन् ।

के सांसदहरुले माग गरेझैं ट्रम्पलाई ह्वाइटहाउसबाट हटाउन सकिन्छ ?

राष्ट्रपति ट्रम्पलाई जनवरी २० अघि नै हटाउने दुई वटा बाटा छन् । राष्ट्रपटि ट्रम्पलाई सिनेटबाट महाभियोग लगाएर हटाउन सकिन्छ । तर उनको कार्यकाल सकिन दुई हप्ताभन्दा कम समय रहेकाले महाभियोग प्रक्रिया पूरा गर्न पर्याप्त समय नहुने बताइएको छ ।

अमेरिकी संविधानको २५औं संशोधनमा गरिएको व्यवस्थाअनुसार पनि ट्रम्पलाई ह्वाइट हाउसबाट हटाउन सकिन्छ । त्यसका लागि बाइडेनले शपथ ग्रहण गर्ने बेलासम्म उपराष्ट्रपति माइक पेन्सले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुपर्नेछ ।

के हो अमेरिकी संविधानको २५औं संशोधन ?

सन् १९६३ मा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको हत्या भएपछि अमेरिकी संविधानमा सत्ता हस्तान्तरणको व्यवस्थासहित २५ औं संशोधन गरिएको थियो । जुलाई ६, १९६५ मा अमेरिकी संसद्बाट पास भएको यो संशोधन फेब्रुअरी १०, १९६७ देखि लागू भएको थियो ।

अमेरिकी संविधानको २५औं संशोधनको धारा ४ मा राष्ट्रपतिले काम गर्न नसकेको तर स्वतः राष्ट्रपतिबाट नहटेमा के गर्ने भन्ने कानुनी प्रावधान राखिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पका समर्थकले मच्चाए हिंसा, वासिङ्टनमा कर्फ्यु

२५औं संशोधनअघि यदि राष्ट्रपति अस्वस्थ भएमा वा काम गर्न असक्षम भएमा के गर्ने भन्ने व्यवस्था अमेरिकी संविधानमा थिएन । सन् १९५५ मा तत्कालीन राष्ट्रपति ड्वाइट आइजनहावरलाई हृदयघात भएको थियो ।

त्यतिबेला कानुनी प्रावधान नभए पनि राष्ट्रपतिले उपराष्ट्रपति रिचर्ड निक्सनलाई सत्ता हस्तान्तरण गर्ने सम्झौता गरेका थिए । २५औं संशोधनका मस्यौदाकारले यो व्यवस्था राष्ट्रपति शारीरिक रुपमा अस्वस्थ, मानसिक बिरामी भएको अवस्थाका लागि गरिएको तर्क राख्छन् ।

तर केही विद्वानहरुले भने अमेरिकी राष्ट्रपति पदका लागि खतरनाक रुपले अयोग्य भएको अवस्थामा पनि यो कानुनी प्रावधान लागू हुने बताउँछन् ।

अहिलेको अवस्थामा उपराष्ट्रपति पेन्स र ट्रम्प क्याबिनेटका बहुमत सदस्यले ट्रम्पले राष्ट्रपतीय जिम्मेवारी सम्हाल्न नसकेको घोषणा गर्दै उनलाईह हटाउनुपर्नेछ । त्यसपछि पेन्स केही समय अमेरिकाको कार्यवाहक राष्ट्रपति हुनेछन् ।

यदि त्यसपछि पनि ट्रम्पले आफ्नो काम सही ढंगले निभाउन सक्षम रहेको घोषणा गर्न सक्नेछन् । त्यसो भएमा उपराष्ट्रपति पेन्स र क्याबिनेटका बहुमत सदस्यले प्रतिवाद नगरेमा ट्रम्प पुनस् राष्ट्रपतिका रुपमा शक्ति प्राप्त गर्नेछन् ।

तर उनीहरुले ट्रम्पको घोषणालाई प्रतिवाद गरेमा भने त्यसको छिनोफानो अमेरिकी संसद्ले गर्नेछ । त्यति बेलासम्मका लागि पेन्स नै कार्यवाहक राष्ट्रपतिका रुपमा रहनेछन् । संसद्बाट राष्ट्रपति ट्रम्पलाई हटाउनका लागि अमेरिकी संसद्को दुवै सदनको दुई तिहाई मत आवश्यक पर्छ ।

भर्खरको समाचार

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

इरानविरुद्ध जाइलाग्यो कतार, देश छाड्न २४ घण्टाको अल्टिमेटम

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top