माघ ७ गतेबाट तातोपानी नाका करिब तीन साताका लागि बन्द रहने

२५ पुस ७७, आइतबार

२६ पौष, काठमाडौं । तातोपानी नाका करिब तीन साताका लागि बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गर्न माघ ७ (२० जनवरी) देखि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

‘बाढीले क्षति पु¥याएको पुल पुनर्निर्माणका लागि २० जनवरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको छ,’ तातोपानी भन्सार प्रमुख लाबहादुर खत्रीले बताए । पहिलेकै बाढीले क्षति पु¥याएको पुलको एक भागामा केही दिनअघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको उनले बताए ।

तिब्बतबाट प्राविधिक मगाएर चिनियाँ पक्षले पुलको अवस्था जाँच गरेपछि मर्मत गरिने निश्चित भएको उनको भनाइ छ । बढीमा तीन सातामा पुल मर्मत सकिने जानकारी चिनियाँ पक्षले नेपाललाई गराएको छ ।

Advertisement

पुल मर्मतकालागि नाका बन्द रहने भएपछि बाटोमा रहेका सामानहरु छिटो ल्याउन पहल भइरहेको भन्सारले जनाएको छ । हाल दैनिक १८ वटा कन्टेनरमार्फत नाकाबाट सामान भित्रिरहेको भन्सार कार्यालयले जनाएको छ । पुल मर्मत गर्दा बाटोमा सामान नअड्कियोस भनेर छिटो(छिटो सामान ल्याउँदा भन्सारको राजश्व बढेर तीन सातामा १८ करोड पुगेको भन्सार कार्यालयले जनाएको छ ।

साउन देखि मंसिरसम्म १७ करोड राजश्व संकलन भएकोमा पुस महिनाको तीन सातामा १८ करोड राजश्व संकलन भएको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।

Advertisement

कोभिड र बाढीका कारण चीनतर्फका महत्वपूर्ण व्यापारिक नाकाहरु लामो समयदेखि अवरुद्ध हुँदै आएका छन् । नाकामा भएको अवरोधले दुई देशबीचको व्यापार अवरुद्ध भएको भन्दै नेपाली व्यवसायी भने चिन्तित छन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top