पिएम कपमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले बाजी मारे

५ माघ ७७, मंगलबार

६ माघ, काठमाडाैँ ।

कर्णाली प्रदेश र लुम्बिनी प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा पहिलो जित निकालेका छन् । कर्णालीले मूलापानी मैदानमा गण्डकी प्रदेशमाथि ५ विकेट जित निकाल्दा लुम्बिनी प्रदेशले प्रदेश–२ लाई ७७ रनले पराजित गर्दा दुबै टोलीले पहिलो जित निकालेका हुन् ।

मूलपानीको मैदानमा गण्डकीले गण्डकीले दिएको २ सय ५ रनको लक्ष्य कर्णालीले ३६ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्दा पहिलो सफलता मिलेको हो । कर्णालीको जितमा हिमान्सु शाहीले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेल्दा विपिन रावल अर्धसताक बनाउन एक रनले चुके । राज शाहले ३२ रनको योगदान गर्दा हेमन्त ओली २९ रनमा विपिन खत्रीको बलमा समिर कंडेलबाट क्याच भए ।

Advertisement

बलिङ तर्फ गण्डकीका विपिन खत्रीले ४ विकेट आफ्नो नाामा लेखाउँदा सुबास भण्डारीले १ विकेट हात पारे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४२.३ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । गण्डकीका लागि राहुल उपाध्यायले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा ओपनर अर्जुन कुमालले ४६ रन, कप्तान विपिन खत्रीले ३२ रन बनाए । विशाल पौडेलले १५ रन जोडे भने दिनेश बुढामगर १० रन बटुल्दै गर्दा रन आउट भए । यस बाहेकका खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन्् । बलिङ तर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए । अनुज चुनरा र दिवन पुनले समान २÷२ विकेट निकाल्दा एक विकेट रबीन्द्र शाहीको नाममा रह्यो । जितसंगै कर्णालीले २ खेलमा २ अंक जोडेको छ । कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ । समूह ‘ए’ मा रहेको कर्णाली पहिलो खेलमा आर्मी ८० रनले पराजित भएको थियो । उता तीन खेल खेलेको गण्डकीको यो दोस्रो हार हो । गण्डकीले ३ खेलमा २ अंक जोडेको छ । गण्डकी तालिकाको चौंथो स्थानमा रहेको छ ।

२ सय ५८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको प्रदेश–२ ले ४२.२ ओभरमा समेटिँदा मात्र १ सय ८० रन जोड्न सक्यो । अन्तिम विकेटका लागि विवेक यादवले बिस्फोटक ब्याटिङ गर्दै अर्थसकीय इनिङ खेले पनि प्रदेश–२ का लागि पर्याप्त भएन । ४९ बलमा ५१ रन जोडेका विवेकले ३ चौका र ३ छक्का प्रहार गरेका थिए । यस अघि ओपनरद्वय सुधिर चौधरी र हरिशंकर शाहले राम्रो सुरुआत गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा नतिजा सुम्पिएको हो । सुधिरले ४२ रन जोड्दा हरिशंकरले २२ तथा मेहबुब अलामले ३१ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक स्कोर बटुल्न सकेनन् । प्रदेश–२ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अनिल खरेलले सर्वाधिक ४ विकेट हात पार्दा बिक्रम भुसाल र दिपेन्द्र राउतले दुई÷दुई तथा अमित तामाङ र कृष्ण कार्कीले एक÷एक विकेट आफ्नो नाममा लेखाए ।

यस अघि कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले पुरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो । लुम्बिनीका लागि सन्दीप रजालीले र सौरभ खनालले अर्धशतकीय इनिङ्स खेले । सन्दीपले ८३ रनको योगदान गर्दा सौरभले ५६ रनको व्यत्तिगत स्कोर बनाए । यस्तै बिक्रम भुसालले ३६ रन बनाए । सन्दीप सुनार ११ रनमा आउट हुँदा कप्तान कृष्ण कार्कीले १० रन जोडे । बलिङ तर्फ प्रदेश–२ का हरिशंकर साहले ३ विकेट लिए भने त्यस्तै दिब्यान्सु मल्लिकले २ विकेट हात पारे भने अन्य तीन बलरको नाममा एक एक विकेट रह्यो ।

पहिलो जित निकाले लुम्बिनी समूह ‘बी’ तालिकाको दोस्रो स्थानमा पुगेको छ । पराजित प्रदेश २ तालिकामा अंक विहिन छ । प्रतियोगितामा बुधबार त्रिवि मैदानमा विभागीय टोली नेपाल पुलिस क्लब र सुदूर पश्चिम प्रदेश तथा मूलपानी क्रिकेट मैदानमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्बल र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top