अदालतले संविधान हेर्ने कि प्रधानमन्त्रीको हुकुमः बिडारी

अदालतले संविधान हेर्ने कि प्रधानमन्त्रीको हुकुमः बिडारी

१६ माघ, काठमाडौं ।
सर्वोच्च अदालतले संविधान हेरेर प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा टुंगो लगाउनु पर्ने राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा शुक्रबार संवैधानिक इजलासमा बहस गर्दै बिडारीले प्रधानमन्त्रीको हुकुमी शासन हेर्ने कि संविधान भनेर प्रश्न गरे ।

‘प्रधानमन्त्रीले संविधान विपरीत प्रतिनिधिसभा विघटन गर्ने अनि विकल्प खोई भन्ने ?,’ उनले प्रश्न गर्दैै भने, ‘जनादेश चाहियो रे ? किन चाहियो जनादेश ? प्रधानमन्त्रीको हुकुमी शासन हेर्ने कि संविधान ? अदालतले संविधान हेर्ने कि प्रधानमन्त्रीको हुकुम ? ’

उनले संवैधानिक निकायमा नियुक्तिको सिफारिस गरेर फर्किएपछि सुनुवाइ गर्ने ठाउँ नै भत्काएको बताए । ‘बहुमत छ भन्ने अनि संसद नआउने ? आफ्ना छाउरासँग बहुमत देखाउने ? ’ उनले प्रश्न गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.