महिला लिगः विराटनगर महानगरद्वारा चौदण्डगढी नगरपालिका ६-० ले पराजित

महिला लिगः विराटनगर महानगरद्वारा चौदण्डगढी नगरपालिका ६-० ले पराजित

१७ माघ, काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा विराटनगर महानगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ६-० ले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा विराटनगरले चौदण्डीगढीलाई हराउँदै दोस्रो जित निकालेको हो । विराटनगरको जितमा अनु राईले दुई तथा मनिषा राई, पार्वती घले, ईमा राई र मनिषा थापामगरले एकरएक गोल गरे ।

जितपछि विराटनगरको चार खेलमा सात अंक भएको छ । विराटनगर लिगको तेस्रो स्थानमा उक्लिएको छ । चौदण्डीगढीले लगातार चौथो हार बेहोरेको छ । अंकविहीन चौदण्डीगढी पुछारमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.