विप्लव नेकपाका नेता धमेन्द्र बाँस्तोलालाई छाड्न सर्वोच्चको आदेश

२२ माघ, काठमाडौं।
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता धमेन्द्र बाँस्तोला (कन्चन)लाई छाड्न आदेश दिएको छ। बिहीबार बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले बाँस्तोलालाई छाड्न आदेश दिएको हो।

Advertisement

विप्लव नेकपाका पश्चिम कमाण्ड इन्चार्ज एवं सचिवालय सदस्य बाँस्तोलाको पक्षबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो। उक्त रिटमाथि सर्वोच्चले सुनुवाइ गर्दै सवोच्चले अदालतका रजिष्टार र नेपाल बार एशोसियसनका अध्यक्षको रोहबरमा छाड्न आदेश दिएको हो।

बाँस्तोलासहित चार जनालाई पुस २९ गते ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले उनीविरुद्ध नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप लगाउँदै म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top