संयुक्त आन्दोलनको निम्ति कम्युनिष्ट पार्टीले विश्वास गुमायोः आनन्दप्रसाद

४ फागुन, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले केपी ओलीको सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न नसकेको तथा अर्थमन्त्रीले बजेट कटौती गर्नुपर्ने अवस्थासम्म आईपुगेको उनको भनाई छ ।

गैरसंवैधानिक तरिकाबाट राष्ट्र चलाउन खोजिएको उनले बताए । सिंगो कम्युनिष्ट पार्टी नै असफल भएको उनको भनाई छ । संयुक्त आन्दोलनको निम्ति कम्युनिष्ट पार्टीले विश्वास गुमाएको नेता ढुंगानाले बताए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले नेकपाको आन्तरिक किचलो, वर्तमान व्यवस्थाको फाइदा उठाउँदै र विदेशी शक्तिको हस्तक्षेपका कारण प्रतिनिधि सभा विघटन भएको बताए ।

३ वर्षे कार्यकालमा प्रधानमन्त्री ओलीले केही गर्न नसकेको उनको भनाई छ । प्रतिनिधिसभा पुर्नस्थापना तथा नयाँ निर्वाचन दुवैले वर्तमान राजनीतिक संकटको निकास नदिने उनले बताए ।

प्रतिनिधि सभा विघटन केपी शर्मा ओली र नेकपाको मात्रै असफलता नभई व्यवस्थाकै असफलता भएकाले वर्तमान व्यवस्थाकै पुर्नविचार गर्नुपर्नेमा उनले जोड दिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top