भारतसँग भएको झडपको भिडियो चीनद्वारा सार्वजनिक

७ फागुन ७७, शनिबार

८ फागुन, एजेन्सी ।
गत वर्ष जुनमा लद्दाखको गलवान उपत्यकामा भारतीय सेना र चिनियाँ सेनाबीच भएको झडपको भिडियो सार्वजनिक भएको छ ।

चिनियाँ सरकारी टेलिभिजनमा कार्यरत पत्रकार सेन सिवेईले उक्त झडपको भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियो चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीमा पनि देखाइएको थियो ।

करिब ४ दशकपछि दुई देशबीच भएको ठूलो हिंसात्मक झडपमा २० जना भारतीय र ४ चिनियाँ सैनिकको मृत्यु भएको थियो । चीनले बिहीबार मात्रै आफ्ना ४ जना सैनिकको मृत्यु भएको स्वीकार गरेको थियो ।

Advertisement

त्यसअघि चीनले आफ्नो पक्षमा कुनै पनि मानवीय क्षति नभएको दाबी गर्दै आएको थियो । भारतसँगको झडपमा आफ्ना ४ जना सैनिक मारिएको र एक जना गम्भीर घाइते भएको चीनले स्वीकार गरेको छ ।

सार्वजनिक भएको भिडियोमा भारतको नाम नलिईकनै विदेशी सेनाले पुरानो सम्झौता उल्लंघन गरेको बताइएको छ । भिडियोमा भनिएको छ, ‘अप्रिलपछि सम्बन्धित विदेशी सेनाले पुरानो सम्झौता उल्लंघन गरिरहेका थिए ।

Advertisement

उनीहरुले पुल र सडक बनाएर सीमा पार गरे ।’ त्यस्तै भिडियोमा अगाडि भनिएको छ, ‘विदेशी सेनाले यथास्थितिलाई परिवर्तन गर्न खोज्दा सीमामा एकाएक तनाव बढ्यो, सम्झौतालाई सम्मान गर्दै हामीले वार्ताबाटै समस्या समाधानको प्रयास गऱ्यौं ।’

यसअघि ग्लोबल टाइम्सले गलवान उपत्यकामा भारतीय सेनासँग भएको झडपमा मृत्यु भएका व्यक्तिको विवरण सार्वजनिक गरेको थियो । झडपमा बटालिय कमान्डर चेन होङजुनसहित सिपाहीहरू चियाओ सियुआन, वाङ चुओरान र चेन चियाङरोङको मृत्यु भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

चियाङरोनको १९ वर्षको उमेरमा मृत्यु भएको पनि उक्त समाचारमा उल्लेख गरिएको छ । चेन होङजुन, चेन चियाङरोन, र चियायो सियुआन अन्तिम समयसम्म पनि भारतीय सेनासँग लड्नै मुलुकका लागि बलिदानी दिएको समाचारमा बताइएको छ ।

वाङको भने आफ्ना सहकर्मीका उद्धारका लागि नदी तर्ने क्रममा मृत्यु भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । गत वर्षको जुन १५ मा भएको भारत–चीन झडप पछिल्लो चार दशकयताकै गम्भीर भएको बताइएको थियो । झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

भारतले आफ्नोतर्फ भएको क्षतिका बारेमा जानकारी दिए पनि चीनले भने केही भनेको थिएन । भारतीय पक्षले चीनतर्फ पनि ठूलो क्षति भएको दाबी गर्दै आएको थियो ।

भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो ।

करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस (आईटीबीपी) ले नै सीमा सुरक्षा हेर्दै आएको छ ।

सन् १९६२ मा दुई मुलुकबीच सीमालाई लिएर युद्ध भएपछि लामो समयसम्म दुई मुलुकबीच सामान्य कूटनीतिक सम्बन्धसमेत थिएन । सन् १९८८ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले चीनको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा ‘आइस ब्रेक’ गरेका थिए ।

त्यसपछि यी दुई मुलुक आर्थिक र कूटनीतिक रूपमा नजिकिँदै गए । दुई देशबीचको व्यापार बढेर नब्बे अर्ब डलर नाघिसकेको छ । र, शीर्ष तहको राजनीतिक भेटघाट पनि बाक्लो बन्दै गएको थियो ।

तर सन् २०१७ मा भुटानको दोक्लम क्षेत्रको त्रिदेशीय विन्दुलाई लिएर दुई देशबीच तनाव सिर्जना भएको थियो । त्यतिबेला दुई देशका सैनिकहरूबीच ७३ दिनसम्म घम्साघम्सी परेको थियो ।

अन्तत उच्च राजनीतिक तहमा वार्ता भएपछि स्थिति मत्थर भयो । त्यसयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वुहान र ममाल्लापुरम अनौपचारिक शिखर वार्तासमेत भइसकेको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top