पारमाणविक प्रयोगशाला सिभिल अस्पतालमा बन्ने

१० फागुन ७७, सोमबार

काठमाडौं: कोरोना भाइरसको महामारी फैलिएपछि नेपालमा व्यक्त गरिएको एक चिन्ताको विषय थियो– मुलुकभित्र मलिकुलर ल्याब नभएर रोग पत्ता लगाउन विदेशी प्रयोगशालासम्म धाउनुपर्ने भयो । मलिकुलर ल्याब अर्थात् पारमाणविक प्रयोगशाला । ‘यस प्रयोगशालाले पूर्ण स्वरूपका साथ काम गर्न थालेपछि जस्तोसुकै जटिल रोग पहिचानका लागि बाह्य मुलुकको सेवा कुरिरहनुपर्दैन’, मीनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालका ल्याब प्रविधिक कृष्ण महर्जनले बताउनुभयो– ‘सबै वातावरण मिलेको अवस्थामा जस्तोसुकै जटिल रोगको पहिचान गर्न सक्ने मलिकुलर ल्याब अब हामीसँग छ ।’

Advertisement

पछिल्लो समय विश्वमै फैलिएको कोरोना महामारीको पीसीआर परीक्षण र नतिजा छिटो उपलब्ध गराउन पारमाणविक विधि नै प्रयोग गरिएको थियो ।सरकारले कोरोना भित्रिएसँगै आकस्मिकरूपमा भित्र्याएको पीसीआर परीक्षण ल्याबसँगै सिभिल अस्पतालमा भित्र्याएको मलिकुलर ल्याब भने उच्चस्तरीय र दीर्घकालसम्म टिक्ने खालको भएको र एउटा रोग सकिनासाथ काम नगर्ने नहुने र जस्तो समस्या आउँदा पनि दीर्घकालसम्म चल्ने गरी मलिकुलर ल्याबको विकास गरिएको महर्जनले जानकारी दिनुभयो ।‘मलिकुलर ल्याब सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति, उपकरण र आवश्यकताअनुसारको स्रोत–सामग्रीका साथ टिमवर्कमा काम गर्ने वातावरण चाहिन्छ । हामीसँग डा. रूपेश मिश्र, क्लिनिकल जेनेटिक्स, मनोज महतो, माइक्रोबायोलोजिस्ट, होमिक शिल्पकार, आशिष प्रधान, सजना तण्डुकार, सुधीर पण्डित र रजिस्टार प्याथोलोजिस्टजस्ता अनुभवी व्यक्तिहरु लगिरहेका छौं ।’ –महर्जनले भन्नुभयो ।, यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top