आगलागी हुँदा दुई करोड पचास लाख बराबरको क्षति

२७ जेठ ७५, सोमबार

विराटनगर,जेठ २८

सुनसरीको ईटहरीस्थित ईन्द्र फैन्सी स्टोरमा गएराती आगलागी भएको छ।

इटहरी उपमहानगरपालिका –९ गोल्डेन चौकस्थित ईन्द्र बहादुर कार्कीको आफ्नै घरमा रहेको ईन्द्र फैन्सी स्टोरमा राती ११ः३० बजे अचानक आगलागी भएको थियो।

Advertisement

आगलागीबाट कार्कीको दुई वटा सटरमा रहेको कपडा तथा को २५ प ४९३२ नम्बरको स्कुटर जल्दा करिब दुई करोड पचास लाख बराबरको धनमाल क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ।

आगलागी ईटहरी, ईनरुवा, धरान र दुहवीबाट पाँच वटा वारुणयन्त्रण गएपछि नियन्त्रण भएको थियो।

Advertisement

आगो लाग्नुको कारणबारे खुल्न नसकेकोले अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top