२८ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओलीपक्षीय केन्द्रीय कमिटीको बैठकले मंसिर २ देखि ६ गतेसम्म दसौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कमिटी सदस्य खगराज अधिकारीका अनुसार शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको केन्द्रीय कमिटीले आगामी महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको हाे ।
केन्द्रीय कमिटीको शुक्रबारको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन ।