×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

सत्ता समीकरणबारे माओवादी केन्द्र र जसपाबिच छलफल, ठोस निर्णय भने आएन

२९ फाल्गुन २०७७

२९ फागुन, काठमाडौँ ।

सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्र र जनता समावादी पार्टी (जसपा) का नेताबिच छलफल भएको छ ।

Advertisement
Advertisement

माओवादी केन्द्रको पार्टी कार्यालयमा दुई पार्टीका शीर्ष नेताबिच शनिबार छलफल भए पनि ठोस निर्णय भने केही भएको छैन । माओवादी केन्द्रसँगको छलफल सकारात्मक रहे पनि टुंगोमा भने नपुगिएको जसपाका नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बिहान भएको बैठकमा दुवै पक्षले आगामी सत्ता समीकरणबारे कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गरेका हुन् ।

माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जसपासँग तीन विषयमा वार्ता भएको बताए । उनले भने, उहाँहरू र हामीबीच केपी ओलीको विरुद्धमा संयुक्त सरकार बनाएर जाने एजेन्डामा कुराकानी भयो ।

त्यस्तै, रेशम चौधरीको मुद्दा खारेज र संविधान संशोधनबारे पनि कुरा भएका थिए । जसपाका नेताहरूले मधेस आन्दोलन र थरुहट आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ लगायतका कुरा उठाएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र श्रेष्ठले छलफलका क्रममा सुरुमा संयुक्त सरकार गठनको विषयमा जोड दिएका थिए । सरकार गठनपछि जसपाले उठाएका मुद्दा सम्बोधन गर्न सहज हुने उनीहरूको भनाइ थियो ।

सरकार कसरी बनाउने भन्ने एजेन्डामा हाम्रो जोड रह्यो । त्यसका लागि उहाँहरूले हाम्रो पनि एजेन्डा छ भन्नुभयो, श्रेष्ठले भने, परिवर्तनका एजेन्डा, समाजवाद, समावेशी लोकतन्त्र कसरी रक्षा गर्ने भन्ने विषयमा छलफल भयो ।

केपीको नेतृत्वमा ती उपलब्धिको रक्षा हुन्छ कि हुन्न भन्नेबारेमा कुरा भयो । जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीको पदबाट केपी शर्मा ओलीलाई कसरी हटाउने भन्नेमा आफूहरूको जोड रहेको बताए ।

छलफलका क्रममा उठेका विषयबारे उनले भने, संघीयता र लोकतन्त्रलाई समाप्त पार्ने, सर्वसत्तावादतर्फ उन्मुख ओलीलाई सत्ताबाट कसरी हटाउने भन्ने एउटा पाटो थियो । त्यसका लागि कसरी मिल्ने भन्नेबारेमा छलफल भएको थियो ।

आफूहरूले रेशम चौधरी र संविधान संशोधनका कुरा उठाएको र त्यसमा माओवादीले समर्थन जनाएको यादवले बताए । यसमा माओवादीले हाम्रै एजेन्डा हो भन्नुभयो । यसमा असहमति जनाउने ठाउँ नै छैन भन्ने उहाँहरूको कुरा थियो ।

संविधान संशोधनको मुद्दा त हामीले संसदमा नै लगेका हौं तर एमालेले विपक्षमा भोट हाल्दा सफल भइएन भन्नुभयो, दाहालले भनेका उल्लेख गर्दै यादवले भने ।

यादवले सत्ता समीकरणबारे थप गृहकार्य गर्नुपर्ने अवस्था आएको बताए । उनले कांग्रेस र माओवादीसँगको वार्ता पछि ओली सरकारविरुद्ध तीनवटै दल एकजुट भएको आफूले पाएको बताए ।

सत्ता समीकरणबारे गृहकार्य गरी सहमति बनाउन बाँकी छ । यत्ति कुरा चाहिँ के हो भने ओलीको जुन बाटो छ त्यसको विरुद्धमा सबैलाई पाएका छौं, उनले भने ।

Advertisement

लोकतन्त्र, संघीयता र गणतन्त्रका पक्षमा लाग्ने दलहरूको संयुक्त सरकार गठन गर्नुपर्ने कुरा आफूले पाएको उनले बताए । माओवादी नेताहरूले पनि तीन दलको गठबन्धन भयो भने जसपाले उठाएका माग पूरा गर्न सहज हुने बताएका थिए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top