×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

अहिले कसैले हटाए २० महिनापछि फेरि सिंहदरबार पस्छुः ओली

२९ फाल्गुन २०७७

२९ फागुन, काठमाडाैँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित बृहत राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधामन्त्रीबाट हटाउन चुनौती दिएका हुन् ।

कसैले हटाएपनि नेकपा(एमाले) बिस महिनापछि दुई तिहाइ बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने उनको भनाई छ । उनले भने – ‘लगभग दुईतिहाई लिएर सिंहदरबार पस्छौँ । १९ महिना पछि । अहिले हटाउन सक्छ कसैले भने हटाएर देखाओस् । हटाओस् । जालझेल गरोस् । षडयन्त्र गरोस् । मोर्चा कसोस् । मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् । बिस महिना पछि फेरी यो पार्टी,सुर्य चिन्ह धारी पार्टी, नेकपा(एमाले) नामको पार्टी दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मुल गेटबाट फेरी पस्छ । बिस महिना पछि । हामीलाई प्रतिपक्षमा एकछिन रहन कुनै गाह्रो छैन । प्रतिपक्षमा पनि बस्न तयार । हामी सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौँ ।’

Advertisement
Advertisement

उनले माधव नेपाल–झलनाथ पक्षलाई कतैबाट नहटाएको भन्दै पार्टीको काम गर्दै गर्नलाई केहीलाई जिम्मेवारी दिइएको बताए । माधव–झलनाथ पक्षधर बैठकमा आए कसरी अगाडी बढ्ने भन्नेबारे सल्लाह गरिने उनको भनाई छ । उनले भने – ‘उहाँहरु कता जानुभयो ? कता जान हिड्नुभएको थियो ? बाटामा तगारो आयो अरे । तगारो आएपछि कसैले फर्क भन्दियो अरे । फर्किदै हुनुहुन्छ अरे । ठिक छ फर्किनुस् । आउनुस् । केही गरिदिया छैन उहाँहरुलाई । उहाँहरुले जस्तो अध्यक्षबाट निकालेँ भन्या छैन । पार्टी सदस्यबाट निकालेँ भन्या छैन । कतैबाट निकाल्या छैन । तर हामीले काम गर्दै गर्नका लागि , काम गर्दै गर्नुपरेन ? पार्टी चलाउँदै गर्नु परेन ? उहाँहरु आएपछि सल्लाहसँग गरुँला । अहिले पार्टी चलाउँदै गर्नका लागि हामीले केही साथीहरुलाई केही कामको जिम्मा दिएका छौँ । काम त चलाउँदै गर्नुप¥यो नि हामीले । त्यो जिम्मा दिदाखेरी फेरी दलिनमा टाउको ठोकिने गरी उफ्रिराख्नु भएको छ । किन उफ्रिराख्नु बैठकमा आए भैगयो नि । ७ गते बैठक बोलाइएको छ । आउनुस् । छलफल गरौँला । कसरी अगाडी बढ्ने बढौला ।’

प्रधानमन्त्री ओलीले चैत्र ७ गतेको केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन माधव–झलनाथ पक्षलाई सार्वजनिक रुपमा आव्हान गरे । बैठकमा अनुपस्थित भए विधान बमोजिम कारबाही हुने उनले बताए । उनले भने – ‘हिजो हामी केन्द्रीय कमिटी बैठक बस्यौँ उहाँहरु आउनुभएन । पहिलेदेखि आइराख्नुभएको छैन केन्द्रीय कमिटी बैठकमा । अस्ति मैले सुनेँ पेरिसडाँडाँबाट रुवाबासी गर्दै अदालतको फैसला पछि बिदावारी भएर हिड्नु भएको थियो रे । अर्याल होटलसम्म आइपुग्नु भाको छ त्यहाँ एक दुई रात बास बस्नुभाको भन्ने सुनियो । बैठकमा आइपुग्नु भको छैन । प्रसस्त समय रहोस् भनेर ७ गतेलाई बैठक बोलाएको छु । चैत्र ७ गते बैठक बोलाएको छु । यत्रोविघ्न टेलिभिजनले खिचेको छ, लाइभ दिइराख्या होला सुनिन भन्न पाइने छैन । २०७७ साल चैत्र ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको छु । केन्द्रीय कमिटीका सदस्यहरु आउनुहोला । अनुपस्थित रहदै जानुभो भने विधानको व्यवस्था अनुसार हुँदै जानेछ । त्यसकारण म सबैले सुन्नेगरी भन्न चाहान्छु ७ गतेको बैठकमा आउनुहोला ।’

प्रधानमन्त्री ओलीले एकता कायम राख्न र मिलेर अगाडी बढ्न नेकपा(माओवादी केन्द्र) का नेता कार्यकर्तालाई पनि आग्रह गरे । एमालेहरुलाई पनि सच्चिएर आउन आग्रह गर्दै केपी ओलीलाई ठेगान लगाउँछु भनेर आए बाटैमा ठेस लाग्ने पनि उनको भनाई छ । उने भने – ‘म हिजो माओवादी केन्द्रमा रहेका नेता, कार्यकर्ता साथीहरुलाई आग्रह गर्न चाहान्छु । हामीले एकता गरेको थियौँ । एकतामा कायम रहौँ । अगाडी बढौँ । म स्वागत गर्छु साथीहरुलाई । फेरीपनि वेलकम गर्छु । आउनुुस् । सँगै मिलेर अघि बढौँ । सच्चिएर आउनका लागि म बाटो बिराएका हरुलाई पनि भन्न चाहान्छु आउनुस् सच्चिएर । यसो वक्तव्यबाजी सुन्छु कतै कतै । हामी फर्किन्छौँ, केपी ओलीलाई ठेगान लाउन फर्किन्छौ । खुट्टी देख्दै पत्याइयो । काम गर्न आउनुस् । पार्टी चलाउन आउनुस् । देश बनाउन आउनुस् । सच्चिएर आउनुस् । स्वागत छ । केपी ओलीलाई ठेगान लाउन आउनुभो भने तपाईको खुट्टामा बाटैमा ठेस लाग्छन् ।म सबै साथीहरुलाई आग्रहहरु छोडेर, भ्रमहरु तोडेर पार्टीमा आउन, एकजुट भएर अगाडी बढ्न तमाम कार्यकर्ताहरुलाई आग्रह गर्न चाहान्छु ।’

Advertisement

प्रधानमन्त्री ओलीले दुईतिहाइको सरकार ढालेर टालाटुलीको सरकार बनाउन लागिएको भएपनि आफुहरुले जस्तो काम गर्ने पार्टी कुनै नभएको दाबी समेत गरे ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top