इटहरी उपमहानगरले ल्यायो १ अर्व ९५ करोडको संसोधित पूरक बजेट

३ चैत ७७, मंगलबार

३ चैत, सुनसरी । इटहरी उपमहानगरको आठौ नगरसभा सम्पन्न भएको छ । फागुन १४ गते सुरु भएको सभा चैत २ र ३ गरि तीन दिन वसेर सम्पन्न भएका हो । सभाले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान पारित गरेको छ ।

Advertisement

यसैगरि विनियोजन ऐन संसोधन विधेयक र आर्थिक ऐन संसोधन विधेयक पारित भएको छ । यसैगरी नगरसभाले इटहरी उपमहानगरका कर्मचारीको तह तथा स्तरवृद्धि सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७७ र इटहरी उपमहानगरका कर्मचारीको स्थायी तथा करार नियुक्ति गर्ने सम्न्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७७ पारित गरेको छ ।

यस्तै विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन गर्ने सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक,इटहरी उपमहानगरपालिकाको केहि ऐनलाई सम्सोधन गर्न वनेको विधेयक,इटहरी स्वास्थ्य ऐनका सम्वन्धमा वनेको विधेयक,इटहरी भूउपयोग तथा जग्गा ब्यवस्थापन गर्न वनेको विधेयक,टोल विकास सस्था संचालन तथा ब्यवस्थापन गर्न वनेको विधेयक पारित भएको छ ।

Advertisement

सभामा विधेयक माथि भएको छलफलमा नगरसभा सदस्यहरु गणेश केसी,तोया ढकाल र कुमारी न्यौपानेले भाग लिएका थिए । छलफलमा उठेका विषयको उपप्रमुख लक्ष्मी गौतमले जवाफ दिएकी थिइन् ।

सभाको समापनमा मन्तब्य ब्यक्त गर्दै मेयर द्धारिकलाल चौधरीले कोरोना महामारीका कारण लक्ष्य वमोजिमको राजश्व संकलन हुन नसक्दा सातौ नगरसभावाट स्वीकृत कार्यक्रम र विकास निर्माणमा असर परेको वताए ।

Advertisement

यस्तो परिस्थितिमा सिमित स्रोत साधनका वावजुद पनि नगरवासीका आकांक्षा र चाहना पूरा गर्न उपमहानगर लागि परेको वताए । उनले आठौ नगरसभाले पारित ऐन कार्यावन्यनमा लागि पर्ने प्रतिवद्धता समेत जनाए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top