इयुले म्यानमारलाई आर्थिक सहयोग तथा हतियार बिक्री रोक्ने, सेनाले सत्ता हस्तान्तरण नगरेसम्म प्रतिबन्ध थप्दै जाने

७ चैत्र, एजेन्सी ।
युरोपेली संघ (इयु)ले म्यानमारमाथि विभिन्न प्रतिबन्ध लगाएको छ।

Advertisement

इयुका विदेशमन्त्रीहरुको बैठकले म्यानमारका ११ अधिकारीमाथि युरोप भ्रमणमा प्रतिबन्ध लगाएको छ भने म्यानमारलाई आर्थिक सहयोग तथा हतियार बिक्री रोक्ने निर्णय गरेको छ।

इयुका अधिकारीहरुले गरेको आग्रहअनुसार बसेको विदेशमन्त्रीहरुको बैठकले यस्तो निर्णय गरेको हो। इयुअन्तर्गत २७ देशका विदेशमन्त्रीको बैठकले म्यानमारको जननिर्वाचित सरकारलाई अपदस्थ गरेको सैनिक शासकले सत्ता हस्तान्तरण नगरेसम्म विभिन्न क्षेत्रमा प्रतिबन्ध थप्दै जाने निर्णयसमेत गरेको छ।

Advertisement

इयुका एक अधिकारीले प्रतिबन्ध लगाइएका म्यानमारका ११ सैनिक तथा पुलिस अधिकारीको युरोपमा रहेको सम्पती रोक्का गर्ने तथा भिसा रद्द गर्ने निर्णय भएको जानकारी दिएका छन्।

गत फेब्रुअरी १ मा सैनिकले जननिर्वाचित सरकारलाई अपदस्थ गरेर सत्ता कब्जा गरेदेखि म्यानमारमा निरन्तर प्रदर्शनहरु भइरहेका छन्। शान्तिपूर्ण प्रदर्शनहरुमा सैनिकले गरेको अत्यधिक बल प्रयोगबाट हालसम्म २३४ जनाको मृत्यु भइसकेको छ।

Advertisement

यो क्रममा दुई हजारभन्दा बढीलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ। देशमा संकटकालीन अवस्था आएपछि त्यहाँबाट एक हजारभन्दा बढी नागरिक भागेर भारत प्रवेश गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top