भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यू

२४ चैत, एजेन्सी । कोरोना भाइरसको संक्रमण बढेपछि भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यू लगाइने भएको छ।

Advertisement

दिल्ली सरकारले मंगलबारदेखि लागू हुने गरी रात्रिकालिन कर्फ्यू जारी गर्ने घोषणा गरेको हो।

राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालिन कर्फ्यू जारी गरेको एनडिटिभीले जनाएको छ। कर्फ्यू अप्रिल ३० सम्म जारी रहनेछ।

Advertisement

मुख्यमन्त्री अरविन्द केजरीवालले गत शुक्रबार कोरोनाको चौंथो लहरबाट जाँदै गरेको तर लकडाउन गर्ने सोच नबनाएको बताएका थिए।

’अहिलेको अवस्थाअनुसार हामी लकडाउन गर्दैनौं। हामी नजिकबाट यो अवस्थालाई नियालिरहेका छौं र त्यस्तो निर्णय जनतासँगको सल्लाह पछिमात्रै गरिनेछ,’ उनले पत्रकारहरूसँग भनेका थिए।

Advertisement

सोमबारमात्रै दिल्लीमा थप ३ हजार ५ सय ४८ कोरोना संक्रमित थपिएका थिए भने १५ जनाको मृत्यु भएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top