प्रचण्डको कुरा कसरी पत्याउने ? (भिडियो सहित)

२८ चैत, काठमाडौं । हुन त नेताहरुले बोलेको कुरा पूरा गर्छन् भन्नेमा धेरैलाई विश्वास छैन । जनता नेताका कुरा एक कानबाट सुन्छन् अनि अर्काे कानबाट उडाईदिन्छन । तर जिम्मेवार र प्रभावशाली मानिएका नेताहरुबाट भने कम्तिमा विश्वासिलो अभिव्यक्तिको अपेक्षा जनताले गरेका छन् ।

हुदै नभएका होइनन् देशका अझै पनि केही नेता बोलेको पूरा गर्छन र बोलीमा प्रतिबद्ध छन् है भन्ने छवि बनाएर राजनीति गरिरहेका छन् । तर जिम्मेवार भनिएका नेताहरुले नै सामान्य बोलिचालीको भाषामा हावा गफ दिन थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसकेका जनयुद्धका सर्वोच्च कमाण्डर हुन् । धेरैले अपेक्षा गरेका नेता भित्र उनी पर्दछन् । तर उनको बोलीमा विश्वास गर्ने ठाउँ हराउँदै गएको छ । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउँछु भनेर ठोकुवा गर्ने उनको बोली खेर गएको छ । गत चैत १४ गते बृहत नागरिक आन्दोलनले गरेको अन्र्तक्रियामा बोल्दै उनले एकदुई दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए ।

हुन त, पुष ५ यता पटक–पटक ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उनको सपना, योजना र दाबी सुनिदै आएको थियो । तर पछिल्लो समय उनले यसरी गरेको दाबी पनि दुई साता बित्यो, तर प्रचण्डले आफुले बोलेको कुरा पूरा गर्न सकेका छैनन् । अझै उनि एकदुई दिन–एकदुई दिन भन्दै आफ्ना पछिल्ला दिनका अभिव्यक्तिलाई नै कमजोर बनाइरहेका छन् । शनिबार मात्रै पनि उनले केहीदिनभित्र नयाँ सरकार गठन हुने दाबी भने गर्न पछि परेनन् ।

अध्यक्ष प्रचण्डले मात्र होइन, उनको पार्टीकी नेतृ पम्फा भुसालले त ओलीलाई संसद भवनबाट गलहत्याएर निकाल्ने चेतावनी नै दिएकी थिइन् । उनको चेतावनी पनि चेतावनी र वाहावाही बटुल्न मात्रै सिमित भएको छ। हाम्रो आशय सरकार ढल्नु पर्दथ्यो वा गलहत्याउनु पर्दथ्यो भन्ने विल्कुल होइन हामी त नेताका बोली र ब्यबहारमा देखिएका खाडल ेकलाईरहेका छौं । अनि अर्काे कुरा बोलेको पूरा नगर्ने यी दुई नेता मात्रै होइनन् यस्ता नेता विभिन्न पार्टीमा आबद्ध छन् । संसद विघटन यता पटक पटक राजीनामा मागेपनि प्रधानमन्त्री ओलीले दिएका छैनन् । अविश्वासको प्रस्ताव पारित गर्दै ओली सरकार ढाल्ने प्रयास गरेपनि, दलीय समिकरण नबन्दा त्यो पनि सफल हुन सकेको छैन । यो परिस्थिती प्रचण्डको टाउको दुखाइको विषय बनेको छ । प्रचण्डलाई चरणबद्ध रुपमा ओलीले एक्लाइदिएपछि ओलीलाई भित्तैमा पुर्याउँछु भनेर चेतावनी दिने प्रचण्डले ओली सरकार ढालेर नयाँ सरकार गठन गर्ने वातावरण बनाउन नसक्दा उनि आफै भित्ता तिर ठेलिएका छन् ।

अझ, ओली सरकार ढाल्ने मिति नै तोकेर ठोकुवा गर्दा समेत नसकेपछि उनको अभिव्यक्तिमा प्रश्न गर्ने ठाउँ सिर्जना भएको छ । उनका नेता कायकर्ताले नै अहिले प्रश्न गर्न थालेका छन् ।

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top