‘राजनीतिक स्थायित्व र आर्थिक समृद्धि मुलुकको पहिलो आवश्यकता’

१ बैशाख ७८, बुधबार

१ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि मुलुकको पहिलो आवश्यकता भएको बताएका छन् ।

Advertisement

नववर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले स्वदेश तथा विदेशमा रहेका कर्णाली तथा समस्त नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति एवं समृद्धिको कामना गरे । साथै कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्नु प्रदेश सरकारको मुख्य चासो रहेको उनले बताए ।

उनले प्रदेश राजधानी सुर्खेतमा चक्रपथ निर्माण र सुर्खेत उपत्यका खानेपानी योजनाको विस्तृत सम्भाव्यता अध्ययन, सुर्खेत विमानस्थलको स्तरोन्नति, कर्णाली प्रदेश विद्युतीकरणका लागि नेपाल सरकारसँगको समन्वयमा आवश्यक बजेट व्यवस्था गरी राष्ट्रिय प्रसारण लाइन सबै जिल्ला सदरमुकामका साथै ग्रामीण क्षेत्रसम्म विस्तारको कार्य अघि बढाइएको र प्रसारण लाइन पहुँचविहीन क्षेत्रमा सौर्य विद्युत प्रणालीको विकास गरी विद्युतीकरणको प्रयास थालनी गरिएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top