×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ललितपुरबाट चोरी भएको दुर्लभ मूर्ति अमेरिकाबाट नेपाल फिर्ता

३ बैशाख २०७८

३ वैशाख, काठमाडौँ । ललितपुरबाट चोरी भएर अमेरिका पुगेको दुर्लभ मूर्ति नेपालमा फिर्ता ल्याइएको छ ।

अमेरिकाको टेक्सस राज्यको डालस पुगेको बहुमूल्य लक्ष्मी–नारायणको मूर्ति बिहीवार काठमाण्डौ ल्याएर सार्वजनिक गरिएको हो ।

Advertisement
Advertisement

पाटनको पटको टोलमा रहेको लक्ष्मीनारायण मन्दिरबाट सन् १९८४ मा हराएको लक्ष्मीनारायण (वासुदेव कमलाजा) मूर्ति बिहीवार सार्वजनिक गरिएको हो।

लक्ष्मी नारायणको मूर्ति पुरातत्व विभागले जिम्मा लिएको छ भने सुरक्षितसँग राख्नको लागि पाटन सङ्ग्रहालयमा पठाएको छ ।

पुरातत्व विभागमा भएको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको उपस्थितिमा विभागले मूर्तिको जिम्मा लिएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कोइरालाले सबैको लामो प्रयास र मेहनतपछि विदेशमा भएको मूर्ति नेपाल ल्याउन सफल भएको बताए।

अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतका विदेश अपराध अनुसन्धान कार्यालय, नेपाल प्रहरी, एफबीआई र डल्लास म्युजियम अफ आर्टको संयुक्त अनुसन्धानपछि लक्ष्मी–नारायणको मूर्ति फेला परेको हो । डल्लास म्युजियम अफ आर्टमा २०७७ साल मंसिरमा मूर्ति फेला परेको हो।

सन् १९८४ मा मूर्ति हराउनु अघि मूर्तिको दैनिक पूजा भइरहेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले बताए।

झण्डै ८०० देखि १००० वर्षअघि स्थापना भएको मूर्तिको दाहिने पट्टिको आधा भागमा नारायणको आकृति छ भने बायाँतिरको आधा भागमा लक्ष्मीको आकृति कुँदिएको छ ।

दाहिनेतिरको खुट्टाको तलतिर नारायणको वाहन गरुड छ भने बायाँतिरको खुट्टाको तल लक्ष्मीको वाहन कछुवा छ र मूर्तिको तौल ७० किलो जतिको छ ।

मध्यकालीन नेपाली मूर्तिकलाको प्रस्तर नमुनाको रूपमा रहेको मूर्ति १५ शताब्दीको भएको मानिएको छ।

सन् १९८४ मा मूर्ति मन्दिरबाट हराएको, केही समयपछि अमेरिकामा देखिएको थियो । मूल्यवान मूर्ति र कलाकृति लिलाम गर्ने अन्तर्राष्ट्रिय संस्था सदबिजले सन् १९९० मा आफ्नो ‘क्याटलग’ मा लक्ष्मीनारायणको मूर्ति ३०–४० हजार अमेरिकी डलरमा बेच्नको लागि तयार भएको जानकारी दिएको थियो।

मूर्तिको किनबेचपछि मूर्तिको अत्तोपत्तो भएन । तर पछि सन् २०१० मा पटको टोलका स्थानीय दिलेन्द्र श्रेष्ठले ‘डालस म्युजियम अफ आर्ट’ मा पुगेको बेला आफ्नो टोलको मूर्ति देखे ।

उनले अनुसन्धानकर्ता एरिन थम्प्सनको लेख पढेपछि त्यस मूर्ति त आफ्नै टोलको लक्ष्मीनारायणको रहेको पत्ता लगाए । त्यसपछि मूर्तिको बारेमा अनुसन्धान सुरू भएको हो ।

Advertisement

लक्ष्मीनारायणको मूर्ति स्वतन्त्र अध्येता, अमेरिकी गुप्तचर संस्था ‘एफबीआई’ सहित नेपाल सरकारको पहलमा गएको चैत ३१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइ पुगेको हो भने यसभन्दा अघि २०७७ फागुनमा अमेरिकी सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top