लागुऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि शुरु

५ असार ७५, बुधबार

काठमाडौँ, असार ६

सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागुऔषध दुरुपयोग एवं ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि शुरु भएको छ ।

सो अवसरमा आज गृह मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले आजदेखि असार १२ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रुपमा संघ, प्रदेश र स्थानीय तहमा यो दिवस मनाइने जानकारी दिए ।

Advertisement

लागुऔषधको प्रयोग र ओसारपसार समग्र समाज र राष्ट्रका लागि चुनौती बन्दै गएकाले यसविरुद्ध सबैको साथ र सहयोग आवश्यक रहेकामा उनले जोड दिए ।

गृहसचिव राईले हाल वार्षिक ११ प्रतिशतका दरले लागुऔषधका प्रयोगकर्ता बढिरहेको विवरण पेश गर्दै यसलाई यो वर्ष पाँचदेखि ७ प्रतिशतमा झार्ने लक्ष्यसहित गृहमन्त्रालयले कार्ययोजना बनाएको बताए ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले कार्ययोजनासहित सचेतना अभियान सञ्चालन, लागुऔषध नियन्त्रणसम्बन्धी नीति, ऐन, निर्देशिका तर्जुमा तथा परिमार्जन सम्बन्धमा छलफल, अन्तक्र्रिया, गाँजा÷अफिम फँडानी, प्रभातफेरी र सभालगायतका कार्यक्रम आयोजना गरिने जानकारी दिए ।

उनले नेपालमा हाल करिब एक लाख ५० हजारभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको विवरण प्रस्तुत गर्दै यसको नियन्त्रणका लागि कठोर रुपमा सरकार प्रस्तुत हुने तयारी गरिरहेको बताए ।

कार्यक्रममा दिवसको अवसरमा असार १२ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरिने जानकारी दिइयो ।

लागु औषधको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा सेवनलाई प्रभावकारी रुपमा नियन्त्रणका लागि आवश्यक अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा सोको आधारमा नीतिगत तथा कानूनी व्यवस्था परिमार्जन गरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको गृहमन्त्रालयले जनाएको छ ।

यस वर्षको राष्ट्रिय नारा ‘स्वस्थ, सवल र समृद्ध नेपालको प्रतिबद्धता ः लागुऔषध अपराधविरुद्धको ऐक्यबद्धता’ रहेको छ ।
रासस

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top