ओलीले मागे सहयोग, देउवाको जवाफ- ‘ सहयोग गर्ने अवस्था छैन’

ओलीले मागे सहयोग, देउवाको जवाफ- ‘ सहयोग गर्ने अवस्था छैन’

२२ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सहयोग मागेका छन् ।

बुधबार बुढानिलकण्ठमा जारी कांग्रेस र एमाले नेताहरुको बैठकमा ओलीले वैशाख २७ गते विश्वासको मत लिँदा आफूलाई सहयोग गर्न देउवालाई आग्रह गरेका छन् ।

जवाफमा देउवाले आफू प्रमुख प्रतिपक्षी दलको नेता भएकाले विश्वासको मत दिन नसक्ने बताएको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।

‘विश्वासको मतमा कांग्रेसको सहयोगको अपेक्षा गर्दछु भनेर प्रधानमन्त्रीले भन्नुभयो, हामी विपक्षी पार्टी हो । अहिले हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भनेर देउवा जीले भन्नुभयो।’ एक नेताले देउवाको भनाई उदृत गर्दै भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.