बूढीगङ्गा नदीमा आएको बाढीका कारण दर्जनौँ बस्ती तथा खेतीयोग्य जमिन जोखिममा

१ असार, बाजुरा । आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ ।

गएको वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमिन बगाउनुका साथै बगरमा परिणत गरेको थियो । यस वर्ष पनि वर्षातको समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्ती र खेतीयोग्य जमिन नदीले कटान गरेको छ ।

बडिमालिका नगरपालिका–२ को भौनेरा, ८ को रापक र त्यही नगरपालिका–६ को वीरेखोलाको सयौँ मुरी फल्ने खेतीयोग्य जमिन कटान सुरु गरेको त्यहाँका स्थानीयवासीले बताएका छन् ।

त्यस्तै बूढीगङ्गा गाउँपालिका–१ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमिन बूढीगङ्गा नदीले कटान गरेको छ । त्यस्तै घागरमा गएको वर्ष कटान भएको खेतीयोग्य जमिन यस वर्ष वर्षात् सुरुआतसँगै पुनः नदीले कटान गर्न सुरु गरेको छ ।

आफ्नो १९ मुरी धान फल्ने खेत बगाएको र घर पनि पूर्णरूपमा बगाएकाले बासका लागि निकै समस्या भएको घागरका अम्मर महतले बताए ।

यस्तै नदीका कारण बडिमालिका–६ पानी नाउलामा २५ परिवारको जग्गा नदीले पूरै कटान गरेको स्थानीयवासी धन बढुवालले बताए । ’प्रत्येक वर्ष कटान गर्दै आएको थियो, यस वर्षदेखि पूर्णरूपमा खेतीयोग्य जमिन बगाएको छ’, उनले भने । त्यस्तै त्रिवेणी नगरपालिका–३ र बूढीगङ्गा–३ को खेतीयोग्य जमिन नदीले कटान गर्दै आएको बूढीगङ्गा नगरप्रमुख दीपक विक्रम शाहले बताए ।

नदीको छेउमै रहेका ताप्रीसेरा, राप्का, घागर, बार्जुगाडा, मौरलगायतका गाउँ तथा बजार उच्च जोखिममा रहेको शाहको भनाइ छ । तलबाट नदीले कटान गर्दै आएपछि बाम्काबजार जोखिममा रहेको र केही विस्थापित भइसकेको प्रमुखले बताए ।

त्यस्तै बूढीगङ्गाले छिमेकी जिल्ला अछाममा पनि खेतीयोग्य जमिन कटान गर्दै आएको साँफेबगर नगरपालिका–२ बस्ने कमल साउदले बताए । साँफेबगरको बुढाबगर, ठाँटी बजार, साँफेबगर र कालिमाटीमा खेतीयोग्य जमिन कटान गर्दै आएको छ ।

जग्गा कटान गर्दै आएपछि बस्तीसमेत जोखिममा परेको स्थानीयवासीले बताएका छन् । बूढीगङ्गाले अछाममा रहेको धार्मिकस्थल बैजनाथ क्षेत्रको केही भागसमेत कटान गरेको छ । मन्दिर पनि नदीको चपेटामा परेको छ । नदीको मारमा साँफे–मार्तडी सडकखण्ड पनि परेको छ ।

अछामको साँफेबगरबाट बाजुराको मार्तडीसम्म ५७ किलोमिटरमध्ये अधिकांश सडकखण्ड नदी किनारमै रहेका कारण नदीले कटान गर्दा महिनौँसम्म सडक अवरुद्ध हुने गरेको छ । साँफे–मार्तडी सडकखण्डको ताप्रिसेराबाट पानीनाउँलासम्म २० ठाउँभन्दा बढी क्षेत्रमा पहिरो गएको छ ।

यता वर्षा सुरु भएसँगै जिल्लाको गौमुल, बडिमालिका, बूढीगङ्गा र त्रिवेणीका तटीय क्षेत्रका बस्तीमा जोखिम व्यवस्थापनमा कसैको ध्यान गएको देखिँदैन । बूढीगङ्गा नदीको बढ्दै गएको बहावका कारण तटीय क्षेत्रमा कटान गर्दा दर्जनौँ बस्ती बगाएको छ तर तीनै तहका सकारबाट अहिलेसम्म नदी नियन्त्रणमा कुनै पहल नभएको बडिमालिका–२ का करवीर नाथले बताए ।

अघिल्लो वर्ष बाढी आएको केही दिनमै सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री प्रकाश शा तथा पूर्व गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टरमा घागर पुगेर नदी नियन्त्रणका लागि घरविहीन भएकालाई घर बनाइदिने आश्वासन दिएको तर त्यो नारामै सीमित भएको अर्का स्थानीयवासी प्रकाश महतले बताए ।

गएको साउन २५ गते गएको बाढीले एक गाउँपालिका र तीन नगरपालिकाका गरी दर्जनभन्दा बढी बस्ती जोखिममा परेका भए पनि स्थानीयवासीले सरकारबाट कुनै सहुलियत नभएको गुनासो गरेका छन् । बडिमालिका–२ र ८ जोड्ने घागरको पुलमाथिबाट नदी बग्दासमेत सम्बन्धित सरोकारवाला मौनजस्तै बनेका छन् ।

घागरका ५० भन्दा बढी परिवारलाई बिरामी भएको बेला सदरमुकामसम्म आउने कुनै विकल्प छैन । थुवाकाँधको निर्माणाधीन झुलङ्गे पुलमा लठ्ठा तान्ने कामबाहेक अरु केही भएको छैन । घागरका जनतालाई सबै तहले सौतेनी व्यवहार देखाएको स्थानीयवासी अम्मराज पण्डितले गुनासो गरे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top