यस वर्षको राष्ट्रिय धान दिवस साङ्केतिक रुपमा मनाइने

१४ असार, काठमाडौं ।

यस वर्षको राष्ट्रिय धान दिवस साङ्केतिक रुपमा मनाइने भएको छ ।

हरेक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवस तथा रोपाइँं महोत्सवका रुपमा मनाउने गरिन्छ । कोरोना सङ्क्रमण जोखिमका कारण यसवर्ष पनि अघिल्लो वर्ष जस्तै स्वास्थ्यका मापदण्ड पालना गरेर साङ्केतिक रुपमा दिवस मनाउने निर्णय भएको कृषि विभागले जनाएको छ ।

विभागले जिल्ला स्तरका धान दिवस कार्यक्रम समेत सरकारी फार्ममा साङ्केतिक रुपमा मनाउन निर्देशन दिएको छ । हिलो खेल्ने लगायत सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन ।

दिवस मनाउनका लागि दूरी कायम गरी थोरैको समूहमा रोपाइँ गर्ने र कार्यस्थलमा उपयोग भएका सामग्री निसङ्क्रमण गर्ने लगायत मापदण्ड तोकिएको कृषि विभागका निमित्त महानिर्देशक जानुका पण्डितले बताए ।

धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने नाराका साथ भोलि १८ औं राष्ट्रिय धान दिवस मनाइँदैछ । मनसुन सक्रिय भएसँगै यसपालि बेलैमा धान रोपाइँं सुरु भएको छ । नेपालमा झण्डै १५ लाख हेक्टर जमिनमा धान खेती हुन्छ । गएको वर्ष ९६ प्रतिशत रोपाइँ भएको थियो ।

५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । यसपालि ६० लाख मेट्रिक टन धान उत्पादन गर्ने सरकारको लक्ष्य छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यसपालि धान खेतीलाई मौसमले साथ दिएकाले समयमा रोपाइँँ हुने र उत्पादन पनि बढ्ने बताएको छ । मौसम र मल दुवैले साथ दिएको तथा छिटो रोपाइँँले कृषि उत्पादन चक्र सुध्रिने कृषि सचिव योगेन्द्र कार्कीको भनाइ छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top