बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

२९ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेको भए पनि समय तय नभइसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्।

नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो १ बजे बालुवाटारमा डाकिएको छ। तर बैठक बस्ने नबस्ने अहिलेसम्म एकिन भएको छैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.