‘तत्कालका लागि खोप अभियानमै लगानी केन्द्रित गरिने’

१० साउन ७८, सोमबार

११ साउन, काठमाडौँ ।
अर्थमन्त्री जनार्दन शर्माले तत्कालको लागि खोप अभियानमै लगानी केन्द्रित गरिने बताएका छन् ।

आइतबार पूर्व अर्थमन्त्रीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले र तत्कालको लागि सरकारको प्राथमिकतामा रहेको खोप अभियानमै लगानी केन्द्रित गरिने जानकारी बताएका हुन् ।

पूर्ण खोप अभियानको सफलतामा नै अर्थतन्त्रको पुनर्जीवन आश्रित रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको सङ्कट समाधान गर्न सरकारले पहल गरिरहेको जानकारी दिए ।

विकास बजेट कटाएरै भए पनि खोप खरिद गरेर आर्थिक गतिविधि चलायमान बनाउने कामलाई प्राथमिकता दिइएको अर्थमन्त्रीले उल्लेख गरे । राज्यका सबै क्षेत्रमा आत्मनिर्भरता सम्भव नभए पनि स्रोत व्यवस्थापनमा आत्मनिर्भर हुनैपर्छ भन्दै मन्त्री शर्माले त्यसको लागि औद्योगिक उत्पादन वृद्धि गर्ने गरी नीतिगत व्यवस्था मिलाउने जानकारी दिए ।

अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने सोचका साथ आफूले काम गरिरहेको र अध्यादेश बजेटको निकास सँगै ठोस कार्यक्रम बनाएर काम गर्ने बताए ।

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पुँजीगत खर्च नबढ्नुमा विकासे मन्त्रालयहरूको मात्र कमजोरी छ कि अर्थ मन्त्रालयको पनि कुनै कमजोरी छ भन्ने कुराको गम्भीर समीक्षा गर्नुपर्ने सुझाव दिए । पूर्व अर्थमन्त्री वर्षमान पुनले उत्पादनमूलक उद्योगको क्षेत्रमा गरिने लगानीमा केही समय स्रोत नखोज्ने नीति अख्तियार गर्न सुझाव दिए ।

यस्तै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अर्को बजेट ल्याउन सम्भव नदेखिएको भन्दै कृषि, जलस्रोत, पर्यटन, हस्तकला र जडीबुटीजन्य उद्योगलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए । उनले ४० लाख डिम्याट खाता खुलिसकेको पुँजी बजारलाई स्वतन्त्र छाडेर अन्य क्षेत्रमा सुधारात्मक कदम चाल्न सकिने सुझाव दिए ।

कार्यक्रममा अर्थ सचिव शिशिर कुमार ढुङ्गानाले अर्थतन्त्रको वर्तमान स्थितिको झलक प्रस्तुत गर्दैै गत आर्थिक वर्षको चालु खर्च ८९।६८ प्रतिशत र पुँजीगत खर्च ६४।७१ प्रतिशत भएको जानकारी दिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top