बीपी प्रतिष्ठानका उपकुलपतिलाई पदमुक्त गर्न आजैबाट प्रक्रिया थालिने

२० साउन, काठमाडौँ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपति डा। ज्ञानेन्द्र गिरीलाई हटाउन आजैबाट प्रक्रिया सुरु गरिने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान शुद्धीकरण अभियान २०७८, संयुक्त संघर्ष समितिबीच गिरीसहित ४ जना पदाधिकारीलाई हटाउन प्रक्रिया सुरु गर्ने सहमती भएको हो ।

Advertisement

दुई पक्षबीच भएको ६ बुँदे सहमतिपत्रको दोस्रो बुँदामा भनिएको छ, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११ घ। मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रक्रिया आजैबाट सुरु गर्ने ।’

त्यस्तै छानबिन कार्यदलको प्रतिवेदनका सुझाव कार्यान्वयनमा लैजाने र अघिल्ला प्रतिवेदनहरू पनि सार्वजनिक गरी कार्यान्वयनमा लैजाने सहमति भएको जनाइएको छ । यसका लागि बुधबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छुट्टै महाशाखा तोक्ने छ ।

Advertisement

सहमतिसँगै स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलन रोकेर सेवामा फर्कन तयार भएका छन् । करिब २ महिनादेखि प्रतिष्ठानभित्रको अनियमितता छानबिन गर्नुपर्ने, दक्ष, योग्य र सक्षम पदाधिकारी नियुक्ति गर्नुपर्ने माग राख्दै प्रतिष्ठानका चिकित्सक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले आन्दोलन गर्दै आएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top