माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

३० साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।

शुक्रबार मात्रै माओवादीको स्थायी कमिटी बैठक बसेको थियो। आज बस्ने केन्द्रीय कमिटी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे छलफल हुने  छ।

आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा माओवादीले विधानमाथि पनि छलफल गर्ने एजेण्डा तय गरेको बताइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.