सुजिता मृत्यु प्रकरण : ठूलो बुबाका छोरा सुकदेवविरुद्ध दुरुत्साहन मुद्दा दर्ता

३२ साउन, चितवन ।
सुजिता भण्डारी मृत्यु प्रकरणमा पक्राउ परेका सुकदेव भण्डारीविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दायर भएको छ । आइतबार मृतक सुजिताको ठूलो बुबाका छोरा सुकदेवविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको हो ।

चितवन जिल्ला न्यायाधिवक्ता कार्यालय प्रमुख महेश खत्रीले सुकदेवविरुद्ध अधिकतम कैद सजायको माग गरेर मुद्दा दायर भएको बताए । आमा अम्बिका भण्डारीले सुकदेवविरुद्ध चितवन प्रहरीमा साउन ६ गते उजुरी दिएकी थिइन् । त्यसको भोलिपल्टै प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।

‘आत्महत्या दुरुत्साहनमा पाँच वर्ष कैद हुने कानुनी व्यवस्था छ । त्यही मागदाबीसहित मुद्दा दायर भएको छ,’ खत्रीले भने । छानबिनपछि प्रहरीले शुक्रबार सरकारी वकिल कार्यालयलाई अनुसन्धान फाइल बुझाएको थियो ।

राप्ती नगरपालिका–३ की २३ वर्षीय सुजिता असार ११ गते बिहानै घरबाट निस्केकी थिइन् । परिवारले अपहरणमा परेको भनेर दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजी गरेको थियो । तर घरबाट निस्केको नौ दिनपछि असार २० गते साँझ उनको शव जंगलमा भेटिएको थियाे ।

सो घटनामा अनुसन्धान गरिरहेको प्रहरीलाई सुकदेव र सुजिताको सम्बन्ध पारिवारिक र दाजुबैनीको मात्र नभई शंकास्पद देखिन्छ भनेर परिवारका सदस्यले भनेपछि अनुसन्धानले अर्कै मोड लिएको थियो ।

सुकदेवका बाबु र सुजिताको बाबु सहोदर दाजुभाइ हुन् । सुजिता दिदीकोमा जान्छु भनेर काठमाडौं गएको, सुकदेवलाई भेटेर विवाह गर्न दबाब दिएको खुलेको चितवन प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top