माधव नेपालको पार्टीमा ५५ केन्द्रीय सदस्य र ३० सांसदको सनाखत

९ भदाै, काठमाडौं।

Advertisement

एमाले विभाजन गरेर माधव कुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि  एमालेका ३० सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्।

बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका ३० सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेकाे निर्वाचन आयोगले जनाएको छ।

Advertisement

एमालेका कुल सांसदको २० प्रतिशत वा केन्द्रिय कमिटिको २० प्रतिशत भएमा पार्टी विभाजन हुन सक्ने राजनीतिक दल सम्बन्धी अध्यादेशमा उल्लेख छ। सोही अनुसार एमालेकाे माधव नेपालपक्षले  नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

उनीहरुको निवेदन अनुसार नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि आयोगले आज सनाखत गरेको हो। आयोगले सनाखतका लागि आज विहान ११ बजेदेनि दिउँसो २ बजेसम्मको समय दिइएको छ।

Advertisement

आयोगमा एकिकृत समाजवादीले ३१ सांसद र ६५ केन्द्रीय सदस्य उपस्थित हुने दाबी गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top