आयातको अनुमति नदिँदा चाडपर्वमा चिनी अभाव हुने

१३ भदौ, काठमाडौं ।

अर्थमन्त्रालयले भन्सार छुटमा चिनी आयातको अनुमति नदिँदा चाडपर्वमा बजारमा चिनीको अभाव हुने देखिएको छ ।

भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई गत वैशाखमा प्रस्ताव पेश गरेको थियो । हालसम्म स्वीकृत नदिँदा अब चिनी आयात गर्न ढिला भएर अभाव हुने देखिएको हो ।

वर्षेनी आयात इजाजतका प्रक्रियामा धेरै समय लगाउने प्रवृत्ति निरुत्साहित गर्दै बजारमा चिनी आपूर्ति सहज बनाउन राष्ट्रिय उपभोक्ता मञ्चले सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाउँदै यस्तो माग गरेका छ ।

चिनीको मौज्दात सकिएकाले ठूला चाडपर्व नजिक आइसक्दा पनि बजारमा चिनीको मूल्यमा मनपरी हुन सक्ने भन्दै मञ्चले ध्यानाकर्षण जनाएको छ । नेपालमा चिनीको वार्षिक खपत २८० हजार मेट्रिक टन हुन्छ भने आन्तरिक उत्पादन १८० हजार मेट्रिक टन मात्र छ । माग र आपूर्तिको बीचमा असन्तुलन घटाउन आयात गरी आपूर्ति व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक स्थिति छ ।

विगतको सरकारले उत्पादक तथा व्यवसायीहरुको दवाबमा आपूर्ति व्यवस्थापनमा नै खलल पर्ने गरी आवश्यकतानुसार आपूर्ति नगर्ने वा समयमा आपूर्ति व्यवस्थापन नगर्ने गरेको ज्ञापनपत्रमा उल्लेख छ । बिगत ८÷९ महिना अगाडिदेखि नै बजारमा चिनी पर्याप्त छैन । उपभोक्ताले महंगोमा खरिद गरिरहनु परेको छ ।
साल्ट ट्रेडिङ कर्पाेरेशनसँग मौज्दात चिनी सकिने लागेकाले पनि अभाव हुने देखिएको हो । मन्त्रालयले बजार आवश्यकतालाई मध्यनजर गरी ३० हजार मेट्रिक टन चिनी सार्वजनिक संस्थानहरु खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई आयात अनुमति दिई आपूर्ति व्यवस्था सहज गर्न अर्थ मन्त्रालयमा सहमतिको लागि पठाएपनि हालसम्म पनि अर्थ मन्त्रालयले सहमति नदिएको मन्त्रालयले जानकारी दिएको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top