छानबिन समितिको निष्कर्ष: दार्चुला तुइन घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा

काठमाडौं : व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनामा भारतीय सुरक्षाकर्मीको उपस्थिति पुष्टि भएको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई मंगलबार बुझाएको प्रतिवेदनमा तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको भनिएको छ ।

समितिले घटनामा भारतीय सुरक्षाकर्मी एसएसबीको संलग्नताका विषयमा पुनः अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न प्रतिवेदनमा सिफारिस गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । ‘समितिले तयार गरेको प्रतिवेदनले घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखाएको छ ।

उनीहरूको संलग्नता सम्बन्धमा पुनः अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन प्रतिवेदनमा सुझाइएको छ,’ गृह प्रवक्ता पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन् । प्रतिवेदनमा भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट थप अनुसन्धानमा पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न पनि सिफारिस गरिएको छ ।

गत १५ साउनमा महाकाली नदी तर्ने क्रममा धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।, याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top