अमेरिकामा समुद्री आँधीको कहर, कम्तिमा ४६ जनाको मृत्यु

१७ भदौ ७८, शुक्रबार

१८ भदौ, एजेन्सी ।

समुद्री आँधी आईडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तिमा ४६ जनाको मृत्यु भएको छ ।

बिहीबार न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गर्भनर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका बेला बाढी परेका थिए । अधिकारीहरुले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन् ।

आँधीपछि आएको भारी वर्षाका कारण पूर्व राज्यहरु कनेन्टिकट, मेरिल्याण्ड, न्यू जर्सी, न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनियामा दर्जनौँले ज्यान ज्यान गुमाएको खबर छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको संकटसँग लड्न ‘ऐतिहासिक लगानी’ आवश्यक रहेको बताएका छन् । अमेरिकाले देशभर मौसमसम्बन्धी विपत्तिको सामना गर्नुपरिरहेको बताउँदै उनले योसँग जुध्नु जीवन र मृत्युको सवाल भएको जिकिर गरे ।

न्यूयोर्क र न्यूजर्सीमा भारी वर्षका कारण मानिसहरु आफ्नो घरको बेसमेन्ट र कारमा नै फसेका छन् । न्यूयोर्क सहरमा मात्र ३ जना नेपाली सहित १४ जनाले ज्यान गुमाएका छन् । न्यूयोर्कमा संकटकाल नै घोषणा गरिएको छ ।

यसैबीच, अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन्

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top