×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

परिवारै सखाप हुने गरी ६ को बीभत्स हत्याको कारण खोज्दै प्रहरी

२२ भाद्र २०७८

बारी : ढुंगामाटोको घर, सामान्य आर्थिक अवस्था। अकल्पनीय दुःखद् र बीभत्स हत्या। एकै परिवारका ६ जनाको हत्याले सिंगो गाउँ त्रसित छ। संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको छ। सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको शव फेला परेको छ।

‘घटना रहस्यमय छ,’ जिल्ला प्रहरी कार्यालयका डीएसपी लालध्वज सुवेदीले भने। बौदमानका ५८ वर्षीय छोरा तेजबहादुर कार्की गम्बुट लगाएकै अवस्थामा मृत भेटिएका थिए। सोही घरमा रहेका ८५ वर्षीय बौदमान भने सकुशल छन्। उनी कान कम सुन्ने र आँखा पनि धमिलो देख्छन्। बौदमानकी ८४ वर्षीया श्रीमती पार्वता कार्की भने मृत भेटिएकी छन्।

Advertisement
Advertisement

तेजबहादुरकी ५२ वर्षीया पत्नी कमला र ३२ वर्षीया बुहारी रञ्जना कार्कीको शव घर नजिकैको खोल्सामा भेटिएको थियो। ११ वर्षीय नाति दिपेन र ७ वर्षीया नातिनी गोमाको शव घरमाथिको खरबारीमा भेटिएको प्रहरी निरीक्षक खतिवडाले बताए। मृतक सबैका शव घरबाट सय मिटरको आसपासमा भेटिएका थिए। काम गर्न जाँदा लगाउने लुगा लगाएको र गम्बुट, चप्पलसहित भएकाले उनीहरूको हत्या बिहान वा बेलुकीको समयमा भएको हुन सक्ने स्थानीयको अनुमान छ। गम्बुट र चप्पल लगाएकाले भाग्दाभाग्दै उनीहरूको हत्या भएको प्रहरीको अनुमान छ।

वडा–१ का वडाध्यक्ष खेमनाथ कटुवालले ५/६ जनाको हत्या भएको भन्दै बौदमानका छिमेकीले आफूलाई फोन गरेको जानकारी दिए। ‘यहाँ चाँडो आउनुहोस् भनेर फोन आउँदा मलाई पत्यार नै लागेको थिएन,’ उनले भने। वडाध्यक्ष कटुवाललाई बिहान ९ बजेतिर फोन गर्ने बौदमानका छिमेकी लक्ष्मीभक्त कार्की थिए।

‘कृषि पेसामा आबद्ध सामान्य आर्थिक अवस्था भएको परिवारको हत्या किन गरियो भन्ने आँकलन गर्नै सकिएन, लक्ष्मीभक्तले भने। हत्यापछि गाउँ नै त्रसित रहेको उनले बताए। सकुशल भेटिएका ८५ वर्षीय बौदमान आइतबार साँझ खाना खाएर सुते। बिहान उठेर हेर्दा कोही नदेखेपछि खोजी गर्ने क्रममा बौदमानले सबैभन्दा पहिले श्रीमतीलाई मृत भेटे। त्यसपछि उनले छिमेकीलाई खबर गरेका थिए। छिमेकीले प्रहरीलाई खबर गरेपछि बिहान ११ बजेतिर प्रहरी घटनास्थल पुगेको थियो। घरबाट ५ मिनेट टाढा छिमेकी रहे पनि बिहान मात्र घटनाका बारेमा जानकारी पाए।

वृद्धकी श्रीमती पार्वता कार्कीको शव घरैभित्र भेटिएको थियो। परिवारका अन्य ५ जनाको शव भने यत्रतत्र छरिएको प्रहरीले जनाएको छ। घटना रहस्यमय भएकाले थप अनुसन्धान गर्न संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल नेतृत्वको टोली घटनास्थल आइपुगेको छ। डीएसपी सुवेदीले भने, ‘घटना हेर्दा भाग्ने क्रममा हत्या गरेको जस्तो देखिन्छ।’

तेजबहादुरका दुई छोराहरू वैदेशिक रोजगारीमा छन्। जेठो छोरा रमेश र नरेश दुवै मलेसिया छन्। रमेशकी श्रीमती रञ्जनाको हत्या भएको छ। नरेशकी श्रीमती मुना भने झापामा बस्छिन्। ‘धन कमाएर परिवार चलाउन विदेश गएका छोराहरूलाई अब हामीले कसरी खबर सुनाउने ?’ छिमेकी लक्ष्मीभक्तले पीडा सुनाए, यो परिवारको छरछिमेकका कसैसँग झै–झगडा पनि थिएन। मिजासिला थिए। यो त रहस्यमय घटना भयो।’

तराईमा जग्गाको बैना गरेर बौदमानको परिवार जग्गापास गर्न जाने तयारीमा थियो। जग्गापास गर्न लागेको खबर पाएकाले घरमा पैसा राखेको हुन सक्ने आशंकामा उनीहरूको हत्या भएको हुनसक्ने स्थानीयको अनुमान छ। तीजपछि उनीहरू तराईमा जग्गापास गर्न जाने तयारीमा रहेको मृतकका आफन्तले बताए।,याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top