एमालेले कारबाही गरेका १४ जना उपस्थित भए संसद चल्न दिँदैनौं : ओली

एमालेले कारबाही गरेका १४ जना उपस्थित भए संसद चल्न दिँदैनौं : ओली

२३ भदाै, काठमाडौँ ।

प्रमुख प्रतिपक्ष दल एमाले संसद् अवरुद्ध गर्ने भएको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको बैठक आज बुधबार (२३ भदौमा) बोलाइएको छ । संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन हेर्ने बताए ।

उनले भने, ‘नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निस्कासन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं ?’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.