२८ भदाै, काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट आज हेर्न नभ्याइने सूचीमा परेको छ ।
न्यायाधीश द्वय दीपककुमार कार्की र मीरा खड्काको इजलासमा सुनुवाइका लागि पेशी तोकिएकामा सो मुद्दा आज हेर्न नभ्याइने सूचीमा परेको हो ।
निर्वाचन आयोग र सभामुखविरुद्ध एमाले अध्यक्ष ओलीले दायर गरेको छुट्टाछुट्टै तीन वटा रिट मध्ये दुई वटामा आज अन्तरिम आदेश दिने/नदिने विषयमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।
नेकपा एमालेले १४ जना सांसदलाई कारबाही गरे पनि सभामुखले सांसद पद निलम्बन नगरेको भन्दै अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रिट दायर गरेका थिए ।
सो रिटमा भदौ २२ गतेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेश दिने नदिने विषयमा छलफल गर्न आज दुवै पक्षलाई बोलाएको थियो ।