नेपाल र दाहालको उछित्तो काढ्दै ओली

३१ भदौ ७८, शुक्रबार

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला हरेक भाषण माधव नेपाल र पुष्पकमल दाहालको उछित्तो काढ्न केन्द्रित हुने गरेका छन्। बिहीबार काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्ने क्रममा पनि ओलीले माओवादी अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई चर्को गाली गरे। ओलीले सुरुमै नेपाललाई गाली गर्दै उनी पार्टीमा आए फेरि विभाजन हुने बताए। उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपाललाई एमालेमा आउन गरेको आग्रहप्रति ओलीको भनाइ लक्षित थियो।

Advertisement

‘हुन त केही साथीहरू अहिले पनि ‘माधव कामरेड आउनुस्, तपाईंको आवश्यकता छ’ भन्नुहुन्छ। फुटाउनलाई आवश्यकता छ अब उहाँको यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कामरेडको ? म त बुझ्दिनँ। केलाई आवश्यकता छ,’ ओलीले भने। उनले नेपालतिर गएका कार्यकर्तालाई पनि एमाले मौरी भएको भन्दै फोहोरको डंगुर छोडेर फर्कन आग्रह गरे। ‘मौरीको संगत लागेर गयो भने फूलबारीमा पुगिन्छ।

झिँगाको पछि लागेर फूलबारी पुगिँदैन, फोहोरको डंगुरमा पुगिन्छ, त्यस कारण मौरीका पछि लाग्नुस्। नेकपा एमाले भनेको मौरीको गोलो हो,’ ओलीले भने। ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि क्रमशः हराउँदै गएको टिप्पणी गरे।

Advertisement

नेकपा हुँदाका दाहाल र अहिलेका दाहाल भिन्न रहेको उनले बताए। ‘प्रचण्डरूपी त्यत्रो जहाज उडेको, हेर्दै गयो बिलाउँदै जान्छ, अलिक पर जाँदा बिस्तारै देख्न छोडिन्छ,’ ओलीले भने।

ओलीले दाहालतिर लागेका नेताकार्यकर्तालाई उनको घरेलु कार्यकर्ता नहुन सुझाव दिँदै भने, ‘ माओवादीका कार्यकर्ता कि प्रचण्डको सेवक ? त्यसकारण एमालेमा फर्कनुस्। हिजो हामी नेकपा भएर एकीकृत भइसक्यौं। तपाईंहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता ? प्रचण्डलाई घाँस हालेर के दिन्छन् ? मन्त्री दिन्छु भन्थे अहिले त त्यो पनि दिन छाडे। दुई महिना भइसक्यो अहिले मन्त्री पनि बनाएको छैन।’,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top