कार्यान्वय गर्ने व्यक्तिमा समस्या हुनसक्छ, संविधानमा छैन : ओली

३ असोज, काठमाडौं ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन गर्ने व्यक्तिमा समस्या हुन सक्ने भएपनि संविधान पूर्ण रहेको बताएका छन्। संविधानलाई लिएर मधेशकेन्द्रित दलहरुले विरोध गरिरहेका बेला उनले यस्तो बताएका हुन्।

संविधान दिवसका अवसरमा राजधानीमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कमी भए व्यक्तिका हुन्, संविधानका कमी होइन। यो ऐतिहासिक दस्तावेज हो। आन्दोलनको सफतालको दस्तावेज हो। जनताको ठूलो बलिदानको आकांक्षाको प्रतिरुप र प्रतिफल हो।’

Advertisement

यसको प्रयोगको क्रममा कुनै संस्था चिप्लिने र कुनै दुष्प्रभावमा पर्ने गरेको समेत उनले औंल्याए। उनको टिप्पणी थियो, ‘कुनै संस्था दुष्प्रभावमा परेर यसको सही कार्यान्वयन गर्नबाट चिप्लिएला, अल्झिएला। संविधानले त्यस्तो भनेको छैन।’ त्यसमा व्यक्तिहरुको समूह विशेषको गल्ती हुन सक्ने उनको भनाइ थियो।

आफूहरुले शक्तिको दबाब झेलेर र त्यसलाई पछारेर संविधान जारी गरेको उनले बताए। उनले भने, ‘हामीले ती बाधाव्यवधान पन्छायौं। त्यसैले यो दिवस मनाइरहेका छौं। संविधान जारी गर्दै गर्दा अशोभनीय क्रियाकलाप भए।

Advertisement

जनतामा उत्साह व्यापक थियो। देशमा खुशीयाली छाएको थियो, दिपावली गरिएको थियो। दुःखित हुने सानो तप्का पनि थियो। त्यसलाई बल पु¥याउने शक्ति पनि थियो। हामीले कठोर नाकाबन्दी खप्नुपरेको थियो।’

संविधान पूर्ण रहेको बताउँदै उनले केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रित गर्ने संघीय प्रणाली तय गरिएको उल्लेख गरे। शासकीय प्रणालीमा प्रतिष्पर्धात्मक बहुदलीय व्यवस्था, कानुनी शासन, मानवअधिकार, स्वतन्त्र न्यायपालिका यसका मुख्य विशेषता भएको उनको भनाइ छ।

उनले थपे, ‘फेन्सी मानवअधिकार होइन, धारा १६ देखि ४६ सम्मका ३१ वटा धाराले मानवअधिकारको जगलाई सुदृढ गरेका छन्। वास्तविक मानवअधिकारको जग बसालेका छन्।’संविधान ठूलो उपलब्धि रहेको बताउँदै यसलाई मसिनो गरी हेर्न जरुरी रहेको उनको भनाइ छ।

उनले भने, ‘सारमा भन्नुपर्दा नेपालको संविधान नेपालको राजनीतिक आन्दोलनको कोशेढुंगा हो, नयाँ युगको सुरुवात गरेको छ, जसले सम्भावनाको फराकिलो क्षितिज देखाएको छ। सुनौलो विहान देख्न सक्छौं।’ लामो समयदेखि जनताले देखेका सपना पूरा गर्ने बाटो यसले दिएको उनले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top