यमनको विद्रोही समूह हुथीद्वारा नौ जनाको हत्या

३ असोज, एजेन्सी ।

यमनको विद्रोही समूह हुथीले आफ्ना प्रमुख एक नेताको हत्यामा संलग्न भएको आरोपमा नौ जनाको हत्या गरेको छ । यमनको राजधानी सानामा उनीहरुलाई गोली हानेर मृत्युदण्ड दिएको हुथी समूह समर्थक साबा न्यूज एजेन्सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुले साउदी अरब नेतृत्वको गठबन्धनलाई सहयोग गरेको आरोपसमेत लागेको थियो । सन् २०१८ मा यमनकोे पश्चिमी प्रान्त होडैडामा भएको हवाई आक्रमणमा हुथी समूहका तत्कालीन सर्वोच्च राजनीतिक परिषद्का प्रमुख सालेह अल–सामदको ज्यान गएको थियो ।

साउदी अरबले यो हवाई आक्रमण आफूले गरेको पुष्टि गरेको थियो । हवाई आक्रमणमा समादसहित ६ जनाले ज्यान गुमाएका थिए । आक्रमणमा संलग्न भएको अभियोगमा दोषी ठहर भएका १६ जनामध्येका ९ जनालाई मृत्युदण्ड दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

हुथी अदालतले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अरु सात जनालाई पनि मुद्दा चलाएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top