एकीकृत समाजवादीले आजै महासचिवको टुंगो लगाउने

एकीकृत समाजवादीले आजै महासचिवको टुंगो लगाउने

७ असोज, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) बस्दैछ ।

मंगलबारदेखि सुरु भएको पहिलो केन्द्रीय कमिटी बैठक बुधबार सकिने भनिएको थियो । तर महासचिव चयन गर्ने लगायतका विषय बाँकी रहेकाले बिहान ११ बजे बैठक पुनः बस्न लागेको हो ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडकाअनुसार बैठकमा स्थायी कमिटी र पोलिटब्युरो पनि टुंगो लगाउने तयारी छ ।

यसअघि अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन पारित भइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.