एमाले छोडेपछि वामदेवको राजनीति: न टेक्ने भूइँ, न समात्ने हाँगो !

८ असोज, काठमाडौं ।

Advertisement

नेकपा एमालेको उपाध्यक्षबाट राजीनामा दिएपछि वामदेव गौतम नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा जोडिएलान् र सक्रियता बढाउलान् भन्ने धेरैको आकलन थियो। तर, भदौ १८ गते राजीनामा दिएपछि उनी गुमनाम हुन थालेका छन्।

एकीकृत समाजवादीले बिहीबार पदाधिकारी टुंगो लागाउँदा पनि गौतम कतै देखिएनन्। पुरानो पार्टी छाडिसकेको र नयाँ पार्टीमा पनि नजोडिएको स्थितिमा आगामी दिनमा वामदेवको भूमिका के रहन्छ? अन्य कुनै सम्भावना छ कि ’न टेक्ने भूइँ, न समात्ने हाँगा’को नियति भोग्दैछन् वामदेव?

Advertisement

अहिले एमाले छाडिसकेकाले त्यहाँ नफर्किने र एकीकृत समाजवादीमा पनि नजाने मनस्थितिमा रहेको उनी निकट एक नेताले बताए। जुन उनको ’न टेक्ने भूइँ, न समात्ने हाँगा’को नियति हो।

एमालेमै हुँदा गौतमको पक्षमा १६ केन्द्रीय सदस्य र ८ भन्दा बढी संघीय सांसद थिए। प्रदेश र स्थानीय तहमा पनि उनी पक्षका उल्लेखनीय जनप्रतिनिधि थिए। उनको पक्षमा मरिमेट्ने समूह थियो।

Advertisement

तर, नेकपा विभाजनसँगै उनमा देखिएको अलमलका कारण धेरैले उनको साथ छाडे। कतिपय केपी शर्मा ओलीतिर लागे भने कतिपय माधवकुमार नेपालतिर लागे। उनी भने सेनाविहीन कमाण्डर जस्तै हुन पुगेका छन्।

गौतमलाई अहिले केन्द्रीय सदस्य हरि पराजुलीले मात्रै साथ छ। प्रदेश र जिल्ला तहमा केही समूह बाँकी छन्। गत भदौ २२ गतेसम्म पार्टी पक्षधरता खुलाइसक्नुपर्ने बाध्यताका कारण जनप्रतिनिधिहरु भने कि ओलीतिरै छन्, कि नेपालतिर लागिसकेका छन्। तत्कालीन एमालेमा हक्की र निडर स्वभावका प्रभावशाली नेता गौतम आफ्नै अडानमा अडिन नसक्दा निष्प्रभावी हुँदै गएका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top