इन्दिरा भन्छिन्– हिमालमा पुगेपछि बिहेको प्रस्ताव राख्नुभो, मैले स्वीकार गरेँ

७ असोज ७८, शुक्रबार

८ असोज, काठमाडौं ।

गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग इन्गेजमेन्ट गरेकी छिन्। बिहीबार खुम्बु पुगेर उनीहरुले इन्गेजमेन्ट गरेका हुन्।

बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन्।

Advertisement

हेलिकप्टरमा खुम्बु पुगेका उनीहरूले उत्रिनेबित्तिकै इन्गेजमेन्ट गरेका थिए। खुम्बु पुगेपछि शरदले प्रपोज गरेको  बताइन्। उनले भनिन्, ‘हिमालमा पुगेपछि उहाँले मलाई प्रपोज गर्नुभयो। मैले हुन्छ भनिदिएँ।’

हेलिकप्टरको पाइलटले शरदले प्रपोज गरिरहेको भिडियो खिचेर हालिदिएको उनले बताइन्। हेलिकप्टरको क्याप्टेनले भिडियो हालेको आफूले आज बिहान मात्रै थाहा पाएको इन्दिराको भनाइ छ। ‘हिजै बेलुका उनले भिडियो हालेका रहेछन्,’ उनले भनिन्, ‘मैले पनि बिहान थाहा पाएँ। भाइरल भइसकेको रहेछ।’

Advertisement

इन्दिरा र शरद लामो समयदेखि प्रेम सम्बन्धमा थिए। सार्वजनिक रुपमा इन्दिराले आफू प्रेममा भएको बताए पनि कोसँग भन्ने खुलाएकी थिइनन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top