वामदेवको राजीनामा अस्विकृत ! केन्द्रीय कमिटी बैठकमा निम्तो

८ असोज, काठमाडौं ।

एमाले उपाध्यक्षबाट राजीनामा दिएका नेता वामदेव गौतमलाई एमालेले जारी केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन निम्तो गरेको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार उनलाई मोबाइलमा म्यासेज र फोन गरेर बैठकमा आउनु भनिएको छ । यसअघि बसेको स्थायी कमिटी बैठकमा पनि उनलाई बोलाइएको थियो । तर सहभागी भएनन् ।

गौतमले दिएको राजीनामा स्वीकृत भइनसकेको र निर्वाचन आयोगको अभिलेखमा समेत गौतमको पद कायम रहेका कारण केन्द्रीय कमिटी बैठकमा समेत उनलाई बोलाइएको तामाङले जानकारी दिए ।

बैठकमा बोलाइए पनि उनी सहभागी भने भएका छैनन् । एमालेले विधान महाधिवेशनमा भने गौतम सहभागी हुने अपेक्षा गरेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको पदाधिकारी चयनमा गौतमको नाम नपरेपछि उत्साही भएको एमालेले गौतमले राजीनामा फिर्ता लिने दाबी गर्दै आएको छ ।

तर गौतम भने एमाले अध्यक्ष केपी ओलीको कार्यशैली र माधव नेपाल नेतृत्वको नेकपा (एस) ले अंगाल्ने सैद्धान्तिक लाइनप्रति असन्तुष्ट छन् । उनी निकट नेताहरूसमेत नेकपा (एस)को पदाधिकारीमा अटाएका छैनन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top