एमालेका तीनै प्रतिवेदनमाथि छलफल, आज पारित गरिँदै

१० असोज, काठमाडौं ।

नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल सकिएको छ ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा १० समूहमा विभाजित टोली नेताले समूहगत छलफलपछि आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए। आज बिहान ११ बजे बस्ने बैठकमा तीनै प्रतिवेदन पारित गर्ने तयारी रहेको छ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले टोली नेताबाट समाजवादको आधार निर्माणलाई पार्टीको कार्यदिशाको रूपमा अगाडि बढाउनुपर्ने सुझाव आएको बताए।

जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा संविधान जारी हुँदासम्म एउटा क्रान्ति हासिल गरिएको र अब नेपालीका समाजमा रहेका सामाजिक र आर्थिक पछौटेपनलाई रुपान्तरण र क्रान्तिका उपलब्धिलाई संस्थागत सुदृढ गर्दै समाजवादको आधार निर्माण गर्ने कुरालाई पार्टीको कार्यदिशाका रूपमा अगाडि बढाउनुपर्ने सुझाव आएको उनको भनाइ छ।

यस्तै टोली नेताले कम्युनिष्ट आन्दोलन एकता विभाजनको कालखण्डबाट गुज्रिँदै आएको र एमाले एकताको प्रतीक रहेकाले विभाजित भएको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने ऐतिहासिक कार्यभार एमालेले पूरा गर्नुपर्ने पनि सुझाव दिएको छ।

यस्तै टोली पार्टीमा प्रत्येक तहमा युवाको नीति निर्माण तहदेखि कार्यन्वयनमा युवाको सहभागितामा स्थानीय तहदेखि केन्द्रीय तहसम्म बढाउनुपर्नेमा समेत सुझाव आएको उनको भनाई छ। उ

नका अनुसार पार्टीलाई बढीभन्दा बढी महिला, दलित, अल्पसङ्ख्यक, मधेसी र जनजातिको सहभागिता बढाउँदै पार्टीलाई राष्ट्रिय चरित्रको पार्टी बनाउने पनि सुझाव टोली नेताले दिएका छन्।

सत्तरी वर्षे उमेरहद पनि कायम गरेर जानुपर्ने अधिकांशको सुझाव रहेको नेता भट्टराईले जानकारी दिए। यस्तै टोली नेताले पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित गर्नुपर्ने सुझाव पनि दिएको छ।

आइतबार बस्ने बैठकले प्रतिवेदनमा आएका सुझावको आधारमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछ। उनीहरूले जवाफ दिएपछि बैठकले प्रतिवेदन पारित हुने नेता भट्टराईले बताए।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top